
A simple human being #Enthusiastic reader #Travel lover #Jolly person #Happy-mom
Joined May 2010
- Tweets6.3K
- Following487
- Followers4.1K
- Likes5K
Pinned Tweet
नमस्कार! बिदेसमा गीत रेकर्डिङ देखी भिडियो मेकिङ, मेरो पहिलो प्रयास हो। सबैजनालाई हेरेर प्रतिकृया दिनुहुन अनुरोध गर्दछु😊🙏🙏🙏
youtu.be/bcZ1jCPHrx8?is=Ai4q…
This is the reason why I support Gagan Thapa now🙏🙏
यस्ता पाङ्दुरेहरुलाई नेता मानेर गगन थापा र विश्वप्रकाशहरु यत्रो बर्ष पार्टीमा कसरी बसे होलान्। तोईट! घामड नकच्चरा बेशरम 😡😡
पत्रकारीतालाई गाली गरेर उपप्रधानमन्त्री भईन्छ कि भन्ने सपना देखेजस्तो छ रास्वपाको एक जना राजावादी सांसदले।प्रेस र अदालत बलियो रहे लोकतन्त्र बलियो हुन्छ भनेर आफ्नै सभापतिले स्विकार गरिसके।यी अझै पत्रकारीतालाई गाली गरिराछन्।धेरै ट्याउँ ट्याउँ गर्नेलाई काग तिहारको शुभकामना 🙏
बरु रवि लामिछानेले आलोचना सुन्छन्, मनन् गर्छन् ! तर एक पटक घण्टी भाको`उ बेलाका काँग्रेस एमाले, माओवादी´वाला मान्छे सुध्रिन्नन्।जिन्दगीमा कुनै पार्टीको सदस्य नभएकोलाई दुई बित्ता उफ्रेर झोले भन्छन्।अरुलाई झोले र ३५ बर्षे भनेपछि यिनीहरुको सात खुन माफ हुन्छ।
अहिले उल्कै अचम्म... पछि आँखा चिम्म !
(कस्तो रमाइलो है देश चलाउनेहरुले जे भने पनि अनुकुल मिलाएर बुझ्ने र साथ दिने जनता! कस्सम यस्तो नागरिक त संसारका कुनै शासकहरुले आजसम्म पाएका छैनन् होला)
सदस्य समेत नभएकोलाई प्रधानमन्त्री बनाएको मजा शायद रवि लामिछानेले अहिले लिंदै होलान्। कतिञ्जेल थेग्न सक्छन्, भ्रममा राख्न सक्छन् भन्ने मात्र कुरा हो।ओलीसँगको टकरावले आफ्नो राजनीति मात्र होईन देश नै दाउमा हालेका हुन्। सच्याउने बेलासम्म धेरै थोक बिग्रीसकेको हुनेछ☹️🙏
Kalpana Bhandari retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
MY HANDS ARE CLEAN!
गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
अदालतमा मनोज आए, न्याय मिलिहाल्यो जनतालाई, प्रहरीमा मनोज आए, सुरक्षा चुस्त दुरुस्त भईहाल्यो, अब सेना बाँकि छ, त्यसमा पनि `मनोज´ल्याउ। भएभरका मनोजहरु एक बन। त्यसपछि देश त गुटुङटुङ बनीहाल्छ।अनि सांसदहरु लुडो खेलेर बस नभए टिकटक लाईभमा बसे पनि भयो।😐️😐️
मेयर पाउनु नै ठूलो कुरो थ्यो, प्रधानमन्त्री पायौ, त्यो तिम्रो सहि समय भयो। सरकारलाई खेलाँची ठान्दैछौ, देशका संस्थाहरुमा लुडो खेल्दैछौ,तिम्रो पनि गलत समय शुरु हुन्छ। आजिवनका लागि तिमीले पनि प्रधानमन्त्री पाएका हैनौ हेक्का रहोस।🙂😀🙏
जसले पनि कसैलाई केही satire हानेर भन्न पर्यो भने नाम नभनेर माईकालाल भन्छन्।आज रवि दाईले पनि संविधान भन्दा माथी कोही माईकालाल छैन भनेछन्।खासमा यो माईकालाल भनेको को हो?कहाँको हो?किन बिचरालाई सबैले बदनाम गरिराछन्?त्यसको बाउआमा छन् कि छैनन् होला?लौ न कसैले पत्ता लगाम
Kalpana Bhandari retweeted
संचारकर्मी र संचार माध्यममा भइरहेको बालेन्द्र बक्रदृष्टिबारे मौन रहनेहरू खुला समाज र प्रेस स्वतन्त्रताका बैरी हुन्। हिजो कथित रूपमा आफुलाई 'संचार स्वतन्त्रता'को दुत ठान्दै पैरवी गर्ने कथित पत्रकार, साहित्यकार र अभियन्ता भन्नेहरू अहिले 'वा~~ बालेन, प्राउड अफ यु' भन्दै भिडियो बनाउन व्यस्त छन्।
पाखण्ड, दोग्ला र अवसरवादको कुनै अडान हुँदैन।
Happy Saturday hai guys 😊😀🙏
यो चालीसको दशकको गीत होला शायद, म सानै हुँदा सिकेको अहिलेसम्म नि कण्ठै छ। रिती थिती बिग्रेको चिन्ता त्यसबेला नै उठेको थियो, अहिले त कहाँ पुग्यो पुग्यो। टक्क टिभीमा काराओके बजाएँ,मोबाईल तेर्साएँ अनि गाएँ, रहर पुरा गर्न कति सजिलो जमाना आयो नि बरै
यस्तो हावा,लफङ्गो, उदाङ्गो पाराले के सरकार चलाउनुहुन्छ हो सरहरु? पदको जिम्मेवारी, जवाफदेहीता, गोपनियता, नैतिकता भन्ने कुरा कुन चराको नाम हो केही पत्तो छैन। सरकार कता, पार्टी कता? केही थाहा नहुने अनि देश चलाउने? पार्टी र सरकारको शक्ति संघर्षले सबै संस्थाहरुमा धमिरा लागिसक्यो☹️
राजनीतिक साँठगाँठ र बिचौलिया मार्फत न्यायाधीश र प्रधानन्यायाधीश ईनाम पाएकाहरु मान्छे `ईनम´सँग चिया खान जानु कुनै अनौठो नै होईन।फरक यत्ती हो पुरानो भन्दा नयाँ ईनाम झनै कडा भयो। पहिले ब्यक्ती मात्र खराब हुन्थे, अहिले सिंगो संस्था खराब बनाउने अभियान जारी छ, दुःखद
Kalpana Bhandari retweeted
संपर्क, संलग्नता र प्रमाणका आधारहरू खुल्दै जालान्- तर मुलुकको लागि दुखको कुरा के हो भने राज्यको उच्च गर्व गर्ने पदमा पुर्याएका हरेक व्यक्तिले एक अर्कालाई बदनाम गर्दागर्दै मुलुक सून्यतामा भासियो।
युवा 'बिचौलिया' इनम सापकोटा विचौलिया राज्यका आदर्श युवा हुन्। राज्यको चरित्र नै विचौलिया भएपछि छदम विचौलिया (काँग्रेस, एमाले, माओवादी, मधेशवादी आदि) लाई परास्त गर्दै बालेन्द्र शाह, रवि लामिछाने र सुदन गुरुङजस्ता प्रतक्ष्य विचौलिया मैदानमा आएका हुन्। भ्रममा पर्नै पर्दैन।
यस्तै भाषाहरु निर्माण गर्नुहुन्छ, अरुलाई होच्याउन, खसाल्न रमाइलो मान्नुहुन्छ। समाजमा विभाजन र फाटो ल्याउँदा,नकारात्मकता मात्रै भर्दा थाहा छैन कस्तो आनन्द मिल्छ कुन्नी? राम्रोलाई राम्रो नराम्रो लाई नराम्रो भन्ने हो, चाहे आफ्नो होस या अरुको होस। तपाईंको जय होस🙏
फण्डा पनि कति निकाल्न सकेका हुन्। जिबी राईले रविलाई दोष नदिनु सबै मेरो जिम्मेवारी भयो,म सबै ऋण तिर्छु भनेर बनाएको अडियो समेत नक्कली रैछ।सोझा जनताले फेरी पत्याएर सारा संसार फैलाईसके।हे दुर्गा माता ! ढोंगी, फटाहा र नक्कली क्रान्तिकारी राष्ट्रवादीहरुलाई चिन्न सक्ने शक्ति देउ न हो🙏
Kalpana Bhandari retweeted
खगेन्द्र सुनारमाथी छानविन रास्वपाले गर्ने कि पुलिसले ? खगेन्द्रको छानविन रास्वपाले नै गर्ने भए विनिता खड्काको छानविन पनि कांग्रेसलाई नै गर्न दिएको भए हुन्थ्यो त ! प्रमाण नजुटाई खड्कालाई किन पक्रेको ? अनि खगेन्द्रको चाँही यत्रो अडियो छताछुल्ल हुँदा पनि किन नपक्रेको ?
Kalpana Bhandari retweeted
अन्यथा नलिनुहोला! यत्तिको पावरफुल स्टेटमेन्ट राजनीतिक नेतृत्वबाट आएको मैले सुनेको छैन।
व्यक्तिमा लागेको दाग आफैंले मेट्नुपर्छ, पार्टीले त्यो भारी बोक्दैन: गगन थापा onlinekhabar.com/2026/10/203…






