Laxman Ghimire (@ghimirelp) profile picture
Kathmandu, Nepal.
Joined February 2013
Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)Photo by Laxman Ghimire (@ghimirelp)
…… सबै जना यस्तै कुरा गर्छन् ! @kpbnepal जीले सहि कुरा उठाउनु भएको छ !
निष्पक्ष छानवीन हुनुपर्छ रे ! कसले गर्ने र गराउने निष्पक्ष छानवीन ? त्यस्तो छानवीनको गर्नको देशले ढुक्क भएर विश्वास गर्नसक्ने कुनै व्यक्ति र सँस्था राख्नुभएको छ बाँकी तपाइँहरूले ? देशलाई यसरी नै वारेश विहीन बनाएर यो स्थितिमा ल्याइपुर्याउन गणतन्त्र ल्याउनु भएको होइन ?
316
…..फिहिरिस्त अझै वढ्दैछ ! वर्षदिन यो सरकार टिक्यो भने त …..गनेर / संझेर पनि नभ्याइने हो कि ?
इन्जिनियर सांसदको अनुरोधमा सरकारी इन्जिनियर कर्मचारी प्रहरी कब्जामा लिने, समाचार लेख्यो भनेर पत्रकारलाई अफिसवाटै धरपकड गर्ने,अदुअआको प्रआलाई धम्काएर कसैको स्वार्थमा उक्सावटमा परि मुद्दा चलाउन बाध्य पार्ने, निर्माण ब्यवसायीको खुट्टा भाच्छु भनेर दिगो सुशासन कायम होला र?खै के खै के!
245
कुरो त चुरो समातेर आयो !
राष्ट्रपति नियुक्त भएलगत्तै आफ्नो पहिलो सार्वजनिक भाषण हिन्दी भाषामा गरेका रामचन्द्र पौडेलले राष्ट्रपति बनेको केही समयमै नागरिकता विधेयकलाई प्रमाणीकरण गरिदिए। भारतको संसद् भवनमा अखण्ड भारतको नक्सा राखिनु, रामचन्द्र पौडेल राष्ट्रपति बन्नु, राष्ट्रपति बनेलगत्तै सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरिनु, अनि महाकाली सन्धिसँग प्रत्यक्ष रूपमा जोडिएका प्रमुख पात्रहरूमध्ये दुई जनालाई राष्ट्रपति र सभामुखको जिम्मेवारीमा पुग्नु, यी घटनाहरूलाई एकै ठाउँमा राखेर हेर्दा कतै कुनै सुनियोजित राजनीतिक डिजाइन त अघि बढिरहेको छैन भन्ने प्रश्न उठ्नु स्वाभाविक छ। यसले कताकता सिक्किमको घटनाक्रमको सम्झना गराउँछ। सिक्किम भारतमा विलय हुने प्रक्रियामा लेण्डुप दोर्जेलाई साथ दिने एक जना विद्वान् तथा प्रभावशाली वक्ताको नाम पनि रामचन्द्र (आरसी) थियो भन्ने प्रसंग सुनिन्छ। भनिन्छ, सिक्किम विलयपछि भारतलाई दिएको सहयोगप्रति उनलाई पछुतो भयो र जीवनको बाँकी समय योगी बनेर गीता ज्ञानको प्रचारमा बिताए। आशा गरौँ, नेपालका सन्दर्भमा यो केवल एउटा संयोग मात्र होस्। अर्कोतर्फ, प्रचण्डले स्वयं सार्वजनिक रूपमा प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको प्रसंग उल्लेख गर्नुभएको छ। यसबाट उहाँको भारतसँगको राजनीतिक निकटताबारे प्रश्न उठ्नु स्वाभाविक हुन्छ। स्मरण रहोस्, तत्कालीन नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन भारतको पञ्जाबमा सम्पन्न भएको थियो, जहाँबाट प्रचण्डपथ पारित गरिएको थियो। कुनै समय भारतसँग निकट सम्बन्ध राखेर काम गरेका केपी ओली पछि भारतविरोधी राष्ट्रवादी छविमा प्रस्तुत भए पनि महाकाली सन्धिको प्रसंगमा उहाँको भूमिका पनि प्रश्नरहित छैन। महाकाली सन्धिको प्रारम्भिक मस्यौदासँग नेपाली कांग्रेसका शेरबहादुर देउवा र रामचन्द्र पौडेल, नेकपा एमालेका माधवकुमार नेपाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर राणालगायत नेताहरू जोडिएका थिए। अर्कोतर्फ, बालेन्द्र साह मेयर हुँदा ग्रेटर नेपालको नक्सा राखिएको धेरै भएको छैन। आज उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ। उहाँकै मन्त्रिपरिषद्का सदस्य वाग्लेले हालै भारतमा दिएको अभिव्यक्तिले पनि नयाँ प्रश्नहरू जन्माएको छ। यी सबै घटनालाई जोडेर हेर्दा प्रश्न उठ्छ, के नेपालमा पनि बाह्य प्रभाव, आन्तरिक राजनीतिक स्वार्थ र सत्ता समीकरणबीच कुनै गहिरो सम्बन्ध विकसित हुँदैछ? इतिहास जस्ताको तस्तै दोहोरिँदैन। तर इतिहासले कहिलेकाहीँ उही धुनमा नयाँ गीत गाउन सक्छ। त्यसैले प्रश्न केवल यति होइन कि अर्को नेपाली काजी लेण्डुप दोर्जे को होला? बरु प्रश्न यो हो ? हामीले कुनै व्यक्तिलाई लेण्डुप बन्ने अवसर दिने परिस्थिति त निर्माण गरिरहेका छैनौँ? अब निर्णय र मूल्याङ्कन गर्ने जिम्मा जनताको हो।
1
1,238
यो फोटो देख्ना साथ …. सजिलै भन्न सकिन्छ …. यो मेरो देश नेपाल हो !
हिमाल, पहाड, तराई - एकै फ्रेममा। चितवन गीतानगरबाट भर्खरै देखिएको दृश्य!
1
6
338
सबै बन्धुबान्धव इष्टमित्रहरूमा २०८३ को विजया दशमीको मंगलमय शुभकामना !
4
1
22
337
प्रधानमन्त्री बालेन्द्र शाहले गर्नसक्लान् यत्ति आँट? वरिष्ठ पत्रकार ⁦@YubarajGhimire3⁩ जीले दिनु भएको यो चुनौति….सप्रम बालेन्द्र शाहजीले कसरि लिनु भएको होला ?” deshsanchar.com/2026/10/16/1…
2
1
8
464
“कोर्स करेक्सन” को कुरा त उठाउनु भयो …. तर त्यसवारे केहि पनि बोल्नु भएन ! के तपाईं १२ बुँदे देखिकै नेकाँ हिंडिरहेको गलत बाटोलाई सहिबाटोमा फर्काउन तयार हुनुहुन्छ ?
नेपाली कांग्रेसको १५ औं महाधिवेशनका सहभागी सम्पूर्ण आदरणीय साथीहरूमा हार्दिक अनुरोध ! ​प्रिय साथीहरू, ​हाल सञ्चालन भइरहेको नेपाली कांग्रेसको १५ औं महाधिवेशन धेरै अर्थमा ऐतिहासिक र युगान्तकारी बनेकोछ। यसले हाम्रो भावी दलीय जीवनलाई थप ऊर्जाशील, गतिशील र परिणाममुखी बनाउनेछ भन्नेमा दुई मत छैन। देशभर देखिएको व्यापक उत्साह र विशेष गरी युवापुस्तामा सञ्चार भएको नवीन आशाले यो महाधिवेशनलाई इतिहासकै एक गरिमामय अध्यायका रूपमा स्थापित गर्ने निश्चित छ। ​गत २०८२ पुसमा सम्पन्न दोस्रो विशेष महाधिवेशनले दिएको दूरगामी मार्गदर्शन,सन्देश र मर्मलाई यस नियमित महाधिवेशनले पूर्णता दिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु। विगतका कमीकमजोरी, आन्तरिक गुटबन्दी, गिरोहवाद र विकृतिहरूलाई ‘कोर्स करेक्सन’ (Course Correction) गर्दै नेपाली कांग्रेसलाई पुनः आफ्नो पूर्वहैसियत, सामर्थ्य र गौरवशाली पहिचानका साथ स्थापित गर्न यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ। ​यो महाधिवेशनको गरिमामय उत्साहपुर्ण वातावरणले पार्टीलाई संस्थागत, विधिसम्मत, पारदर्शी र नीतिमुखी दिशामा अगाडि बढाउनेछ र हाम्रा सम्पूर्ण प्रयासहरू यसमै केन्द्रित हुनुपर्छ। जटिल राष्ट्रिय परिस्थिति र वैश्वीकरणको वर्तमान द्वन्द्वपूर्ण भुपरिवेशमा मुलुकलाई सही नेतृत्व र राष्ट्रिय एकता प्रबर्द्धन गर्ने गुरुत्तर भुमिका नेपाली कांग्रेसको आज दायित्व हो। ​पार्टी एकताका लागि मैले हिजो पनि इमानदार प्रयास गरेको थिएँ र भोलि पनि निरन्तर गरिरहनेछु। एकता भनेको महाधिवेशनको निश्चित अवधिका लागि मात्र नभई अनवरत चलिरहने प्रक्रिया हो। त्यसैले एकताका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट उदार, लचिलो र फराकिलो सोच राख्नु आवश्यक छ। ​नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, यो त नेपाली इतिहासको हरेक मोडमा नवीनता र निरन्तरताको सुन्दर सङ्गम सिद्ध भएको गौरवशाली लोकतान्त्रिक आन्दोलन हो। अग्रज पुस्ताको अनुभव, त्याग र मार्गदर्शनलाई नयाँ पुस्ताको अदम्य ऊर्जा, साहस र नवप्रवर्तनसँग जोड्ने सबल सेतुका रूपमा यस पार्टीको इतिहास सदैव अद्वितीय र अनुकरणीय रहेको छ। देशमा बिध्यमान आर्थिक बिसमता ,बदलिँदो सामाजिक-राजनीतिक परिवेशका साझा चुनौतीहरूलाई गम्भीरतापूर्वक हृदयङ्गम गर्दै यश अधिबेशन बाट तय गरिएका नीति र कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन नै अबको हाम्रो मूल दायित्व हो। ​पार्टीलाई वर्षौंदेखि जकडेको अस्वस्थ गुटबन्दी, आन्तरिक फूट र भागबण्डाको राजनीतिबाट मुक्त गर्दै वैचारिक पुनर्जागरणका साथ 'नवीन र बदलिएको कांग्रेस' निर्माण गर्नु नै विशेष महाधिवेशनको मूल मर्म थियोे । यो १५ औं महाधिवेशनले यस लक्ष्यलाई पूर्ण रूपमा सार्थक र सफल बनाउनेछ भन्ने मेरो भरोसा छ। ​नेतृत्व चयनका क्रममा निष्ठावान् कार्यकर्ताको निरन्तर योगदान, जनप्रियता, उच्च योग्यता, साङ्गठनिक प्रतिबद्धता र युवा सहभागितालाई मुख्य आधार बनाएर सर्वसम्मतिको अधिकतम प्रयास र यदि सम्भव नभएमा हामीले स्वस्थ, निष्पक्ष र गुटमुक्त लोकतान्त्रिक प्रतिस्पर्धालाई सहर्ष आत्मसात् गर्नुपर्छ। ​"लोकतन्त्रमा मत विभाजन हुन सक्छ, तर मन विभाजन हुनु हुँदैन।" ​लोकतन्त्रको वास्तविक सुन्दरता विचार र विवेकको स्वतन्त्र प्रयोगमा निहित छ। त्यसैले यो प्रतिस्पर्धालाई कुनै पनि प्रकारको अवाञ्छित हस्तक्षेप, दबाब वा विचार लाद्ने प्रवृत्तिबाट पूर्ण रूपमा मुक्त बनाइनुपर्छ। ​जहाँसम्म मेरो व्यक्तिगत निर्णयको विषय छ— म यस १५ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिएको कुरा सम्पूर्ण साथीहरूमा सादर निवेदन गर्दछु। यो निर्णय कुनै असन्तुष्टि, निराशा वा अडानका कारण लिइएको होइन। म पूर्ववत् उत्साह र ऊर्जाका साथ तपाईंहरूसँगै निरन्तर क्रियाशील रहनेछु। मेरो अबको सम्पूर्ण ध्यान र प्रयास व्यक्तिगत पदप्राप्तिमा होइन, पार्टीको अभेद्य एकता र संस्थागत सुदृढीकरण र समग्र रास्ट्रीय एकता को प्रयासमा समर्पित हुनेछ। ​प्राविधिक वा सर्तसहितको एकता होइन; सैद्धान्तिक, वैचारिक र भावनात्मक एकताले मात्रै समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताको मार्गप्रशस्त गर्दछ। तसर्थ, हामी सबैको सतत प्रयत्न यसतर्फ नै उन्मुख रहोस्। ​अन्त्यमा, नजिकिँदै गरेको नेपालीहरूको महान् पर्व बडादशैँको पावन अवसरमा सम्पूर्ण आदरणीय साथीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। ​जय नेपाल!
2
7
812
महाधिवेशनको मुखमा पदाधिकारी बढाउन हुन्न भन्थे गगन, अहिले आफैले बढाए ….”आफूलाई आइपरेपछि …. यस्तो पनि गर्नु पर्दो रहेछ !” setopati.com/politics/400105
5
2
17
629
प्रचण्डज्यू @cmprachanda …सुझाव त विचारणीय छ है !
प्रचण्डजीलाई पार्टी चलाउन यसै धौधौ भैरहेकै छ,गगन कांग्रेसमा नेकपालाई विलय गरिदिनुहोस्। बाहिर वसेर साथ दिनभन्दा भित्रै पसेर साथ दिन सजिलो हुन्छ। आखिर कांग्रेस गणतन्त्र, धर्मनिरपेक्षता सहित प्रचण्डपथमा नै हिंडेको छ,वामपन्थलाई अंगाले कै छ ! किन वहिर वस्नु ? setopati.com/politics/399970
8
434
यसको मतलव दक्षिण / उत्तर सबैतिरकालाई …. आकाशले नियन्त्रण गरेको हो !
बालेनको मात्र होइन काजी, ओलीको पनि उपस्थिति देखिएन । बढो तामझामको साथ विदेशी दललाई पनि निम्तो गरिएको थियो । भारतीय राजनीतिक पार्टी, चिनिया कम्युनिस्ट पार्टी र अन्य देशका प्रतिनिधि कसैको उपस्थिति देखिएन । निश्चय: पनि यसको संकेत वा अर्थ त अवश्य नै होला ! onlinekhabar.com/2026/10/203…
4
431
Walking is the best Exercise for Health ! Hence wherever I stay I am continuing walking either in the Morning or Evening !
3
25
1,019
जापानका लागि राजदूतमा सिफारिस भएका थापा जापानकै स्थायी बसोबासी | -“राजदूतका लागि आवश्यक योग्यतामा भनिएको छ, ‘कुनै पनि विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्नेछ ।’ - यसमा के भन्नु छ बालेन सरकार ? ratopati.com/story/594980/th…
4
6
7
50
3,353
२१ वर्ष काठमाडौँ विश्वविद्यालय हाँकेका शर्माको निधन : शिक्षा क्षेत्रमा अपूरणीय क्षति - “२०६२ / ०६४ साल तिर मैले त्रिचन्द्र कलेजमा B.Sc पढ्दाको गुरु एवं शिक्षाविद आदरणीय प्रा. डा. सुरेशराज सर्मामा भावपूर्ण श्रद्धान्जली ! “ ratopati.com/story/594343/sh…
2
7
325
पहिलो संविधानसभा देखि अहिलेसम्मको देशको सबै क्षेत्रको परिस्थितिबारे विचार विमर्श पनि भयो !
राजनीतिज्ञ ई. श्री लक्ष्मणप्रसाद घिमिरे र संघीय संसदका पूर्व महासचिव श्री मनोहरप्रसाद भट्टराईसंगको हिजो भएको मैत्रिपूर्ण भेटघाट र समसामयिक संवाद पछि लिएको तस्वीर ! @ghimirelp
1
3
431
यो संविधान जारीगर्दै खेरि नै यसको उल्लंघन हुनबाट सुरू भएको थियो …. अहिले सम्म सात पटक उल्लंघन भइसकेको छ !
संविधानः २०७२ सालको संविधान प्रारम्भबाटै विवादास्पद। असोज ३ गते पुस्तक उठाएर ढोग्ने प्रथम राष्ट्रपति यादवको भनाइ सामाजिक सञ्जालमा फन्को मारिरहेको छ—यस्तो आशयका साथः- मैले खुसीले स्वीकारेको होइन, बाध्यता थियो। यस्तो लिखतलाई नेपालको मूल कानून मानेर कतिञ्जेल धान्ने ??
2
4
676
प्रजातन्त्रवादीहरूकालागि पन्चायतकालका कठीन दिनहरू देखिको मेरा निकटतम साथीहरूमध्ये एक स्वर्गीय विरेन्द्र भक्त श्रेष्ठका परिवारजनसंग भाइ लोकेश ढकाल र मेरो भेटघाट भयो ! केहि संस्मरणका कुराहरू पनि आदानप्रदान भए !
facebook.com/share/p/1EW29CP… प्रसङ्ग स्व. वीरेन्द्रभक्त श्रेष्ठको परिवारसंगको भेटघाट । थप कुरा FB Link मा ।
10
541
यो पनि वर्तमानमा …..सुशानको एउटा नमूना हो !
हजूरको पत्रकारिताको स्तर यो हो र ? उसो भए त हरेक न्यायाधीशले एक जनाको पक्ष र आर्को को विपक्षमा फैसला गर्छन के अव सबै न्यायाधीशलाई एस्तै आरोप लगाएर समाचार बनाऊने ? यो भन्दा अगाड़ी त तपाईले एस्ता समाचार बनाऊनू भाको थिएन । आफूलाई मन नपरेको व्यक्तिको पक्षमा फैसला पनि होईन जेल बाट धरौटीमा छाड़ने आदेश दीदा भित्तामा टाउको ठोकाऊनुको कुनै तुक छैन ।
1
300