कर्ण Dev 🙎 retweeted
चिच्चाएर पीडा सुनाउन खोज्दा पनि सुन्ने कोही नहुनु र सबै दुख मनभित्रै गुम्साउनु पनि एक प्रकारको मृत्यु हो।
कर्ण Dev 🙎 retweeted
कसैले नराम्रो भन्याे भन्दैमा
नटुट्नुहाेस्,
कसैले साथ छाेड्याे भन्दैमा
नराेकिनुहाेस्।
मानिसको ब्यवहार
बदलिरहन्छ,
तर आफ्नो मनको शान्ति
अरुको हातमा नदिनुहाेस्।
🌻 शुभ साँझ 🌻
कर्ण Dev 🙎 retweeted
बास्तवमा बितेको समय त छुटेको हात, टुटेको अङ्कमाल,कहिल्यै धित नमरेका प्रीयजन्का आवाज र अनुहार्को गडणा पो रहेछ ।
"मुल्य त गुमेपछि मात्रै थाहा हुन्छ, चाहे त्यो सामान होस् या सम्बन्ध।"
#शुभबिहानी
#शुभदिन
कर्ण Dev 🙎 retweeted
"गल्ती अनि गलत मा थोरै फरक छ, त्यो हो नियत।"
#शुभ_सन्ध्या 🙏
#शुभ_रात्री 😍👍️
कर्ण Dev 🙎 retweeted
"जहाँ न्यायाधीश स्वयं मासु बेच्छ,
त्यहाँ खसीले कहिल्यै मुद्दा जित्दैन।"
🙄🙄😎😎
#शुभ_बिहानि 🌻☕️
#शुभ_दिन 🙏😍👍️
कर्ण Dev 🙎 retweeted
बोल्न त सबैलाई आउँछ नि" कसैको पद
बोल्छ, त कसैको पैसा बोल्छ,
कसैको नियत बोल्छ, त कसैको समय
बोल्छ, तर आखिरमा ईश्वर
काे सामु केवल व्यक्तिकाे कर्म बोल्छ,,,।
कर्ण Dev 🙎 retweeted
सपना देख्नका लागि
रातले साथ दिए जस्तै सपना
पूरा गर्न बिहानी बनेर
आउँछ सपना एउटै भए नि
देख्नु र पुरा गर्नु फरक हुन्छ।
#शुभ_प्रभात ☕️🌄
#सुस्वास्थ्यकोकामना❣️
कर्ण Dev 🙎 retweeted
चाहना र औकात बीचको खिचातानी…
मनले चाहेका कुरा
सधैँ भाग्यले कहाँ दिन्छ र,
केही सपना आँखा मै सुहाउँछन्,
हात सम्म आइपुग्दैनन्।
चाहना हरेक पटक जित्न खोज्छ,
औकात हरेक पटक सम्झाउन आउँछ,
“सबै कुरा चाहेर मात्रै कहाँ पाइन्छ र ?”
सायद,
यिनै अधुरा चाहना र बाध्यता बीच
मुस्कुराउँदै बाँच्नुको नाम नै
जिन्दगी रहेछ।
#म_अनि_मेरो_भावना
~रज्जित ✍
कर्ण Dev 🙎 retweeted
कतिपय आँसु आँखा सम्म आइपुग्दैनन्,
मनको कुनै कुनामा चुपचाप बगिरहन्छन्।
ओठमा मुस्कान सजाएर हिँड्नेहरू पनि,
भित्रभित्रै हजारौँ पटक भत्किरहेका हुन्छन्।
सबैले अनुहारको हाँसो देख्छन्,
तर त्यो हाँसो पछाडि लुकेको थकान कसले पढ्छ र ?
सबैले सोध्छन्, “तिमी ठीक छौ नि ?”
तर कोही यति नजिक आउँदैन,
कि मन खोलेर भन्न सकियोस्,
“छैन, म ठीक छैन …
बस, मेरो पीडा बुझिदिने कोही छैन।”
अचम्म त यो छ,
आँसु बगाउँदा मानिसहरू दुःख देख्छन्,
तर आँसु लुकाउँदा सबैले बलियो ठान्छन्।
कसलाई थाहा हुन्छ र,
कहिलेकाहीँ नरोएको होइन,
आफ्नै पीडाको साक्षी बनेर
आफैँलाई सम्हाल्न सिकेको हुन्छ मान्छे।
सायद अदृश्य आँसु भनेकै यही हो,
जुन आँखा बाट झर्दैन,
तर हरेक रात सिरानी भिजाउँछ,
जसको आवाज सुनिँदैन,
तर मौनता भित्र एउटा सिङ्गो संसार रुवाउँछ।
अनि बिहान फेरि उही मुस्कान ओढेर
मान्छेहरूको भीडमा हराउँछ मान्छे,
किनकि यो संसारले आँसु देखे पछि कारण खोज्छ,
तर मुस्कान देखे पछि
पीडा लुकाउन कति साहस चाहियो होला भनेर
कहिल्यै सोच्दैन।
#म_अनि_मेरो_भावना
~रज्जित ✍
कर्ण Dev 🙎 retweeted
हेर्ने नजर र सोच्ने मन सफा हुनुपर्छ ,
दुनियाँले त खराब छस भन्दैमा केही फरक पर्दैन ।❤️
#फुलकोआखामाफुलैसन्सार
कर्ण Dev 🙎 retweeted
मरेपछि पृथ्वी नै दान गर्दिए पनि केही हुनेवाला छैन, बाचुन्जेल एक शब्द मिठो बोलिदिनुहोस त्यही काफि हुन्छ।😢
कर्ण Dev 🙎 retweeted
माधुर्य आफ्नोपनमा भेटिन्छ,
आफ्नोपन न्यानो स्पर्शमा भेटिन्छ,
र सुख ...
त्यही अनुभूतिमा भेटिन्छ,
जहाँ मनले,
मनकै मान्छे भेट्छ।
#म_अनि_मेरो_भावना
~रज्जित ✍
कर्ण Dev 🙎 retweeted
हेर्ने कथामा हेर्नै नसकिने कथा हेरेर आईयो!
कर्णालीका प्रतिनिधीहरुले हेर्स्या छैन कि केही गर्न नसकिने अवस्था हो?
कर्ण Dev 🙎 retweeted
न मैले भन्न सके न उनले
आज मन पोखिएका छन्
स्ट्याटस हरुमा!!
#शुभ_प्रभात!!
कर्ण Dev 🙎 retweeted
जसले उज्यालो पाए,
उसैले आफ्नो अँध्यारो गुमाए।
रात केवल रात थिएन,
त्यहीँ सपनाले आकार लियो,
त्यहीँ मौनताले स्वर पायो,
त्यहीँ एक्लोपनले
आफ्नै संगत गर्न सिकायो।
उज्यालो भयो,
लुकेका घाउहरू देखिए,
आँखाभित्र थन्किएका वर्षाहरू
अचानक लेखिए।
उसले जून पायो,
तर आकाशको एकान्त छुट्यो,
फूल हातमा रह्यो,
तर काँडाले दिएको स्पर्श छुट्यो।
कसैको हात समातेर
ऊ उज्यालो तिर त लम्क्यो,
तर बाटोको कुनै मोडमा
आफ्नै छाया सँग भेट्न भ्याएन।
सायद जीवनको विडम्बना यही हो,
हामी प्रकाश खोज्दै हिँड्छौँ,
तर कहिलेकाहीँ
त्यही प्रकाशको मूल्यमा
आफ्नो एउटा रात बेचिदिन्छौँ।
किनकि केही अँध्यारा
निभाउनका लागि होइनन्,
तिनैको काखमा
मनले आफूलाई सुन्छ,
सपनाले जरा हाल्छ,
र मान्छेले
आफ्नो वास्तविक अनुहार चिन्छ।
#म_अनि_मेरो_भावना
~रज्जित ✍
कर्ण Dev 🙎 retweeted
मौन छु भन्दैमा चोट लाग्दैन भन्ने होइन; कहिलेकाहीँ सबैभन्दा गहिरो घाउ त्यहीँ हुन्छ, जहाँ आवाज निस्कँदैन।☘️
कर्ण Dev 🙎 retweeted
म रिसाएँ,
तिमी पनि रिसायौ,
अब फकाउँछ कसले ?
म चुप,
तिमी चुप,
मौनता हटाउँछ कसले ?
घमण्ड छ,
अली कती तिमीमा,
आफुलाई हराउँछ कसले ?
न झुक्ने जिद मेरो,
तिमी पनि कहाँ कम,
महानता देखाउँछ कसले ?
दुरी बडे,
साथ छुटे,
पछुताउँछ कसले ?
पछुतो छ,
सायद तिमीलाई पनि,
पहिला हात बडाउँछ कसले?😪💔












