Pinned Tweet
यो हाम्रो ''Tea Tourism'' लाई प्रोत्साहन गर्ने तथा पाँचथर जिल्ला चिनाउने अर्को सानो प्रयास हो। ❤️❤️😊🇳🇵🇳🇵@phidimmun @ReetaPearl @PrakashCPariyar @manushiyb @DhakalSaurav @gbudhathoki @AmigoKhadka #skydomes
हाम्रो तर्फबाट यहाँहरू सबैलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🙏❤️
सबैको शुभ होस्, सबैको मङ्गल होस्। 🌼🌼
This is not done!
मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यु र कुनै भ्यूज छैन।
Bottom line: मानव जीवनलाई TRP को मूल्यमा तौलिने काम नगरौ। @party_swatantra
🚨 यदि कसैसँग यस सम्बन्धी जानकारी वा उपलब्ध मेसिन छ भने कृपया अहिले नै सम्पर्क गर्नुहोला:
📞 सम्पर्क: ९८४१२४१३५९ (9841241359)
यो सूचनालाई सक्दो शेयर गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
#SudanGurung
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा आजदेखि सुरू गरिएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ।
भोलि मन्त्री गौरी कुमारी यादव उपस्थित हुनुहुनेछ।
#samikchyabaskota #parliament #rastriyaswatantraparty #lawmakers
1
7
285
पदीय गरिमा आफैं जोगाउनुपर्छ। पदको मर्यादा अरूले थामेर थामिँदैन, न त शक्ति र पहुँचले सधैं ढाकछोप गर्न सक्छ। समयले सबैको हिसाब गर्छ !!
हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्भाह गर्दै यो सुन्दर र शान्त नेपाली आकासमा मडारिएको अशान्तीको बादल हटाउनु पर्नेछ।
facebook.com/share/v/1DkAo4N…
1
5
295
सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल
मिति: २०८३ श्रावण १३ गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति माननीय रवि लामिछानेज्यूको आह्वानमा आज मिति २०८३ श्रावण १३ गते सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लाहरूमा हालै विकसित अत्यन्तै संवेदनशील, दुःखद घटनाक्रम र त्यसले उत्पन्न गरेको असहज परिस्थितिको गम्भीर समीक्षा गर्दै निम्न बमोजिमको संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ:
१. समवेदना तथा सहानुभूति:
पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।
२. सामाजिक सद्भाव र शान्तिको अपिल:
नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ।
३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वान:
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं।
४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान :
समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो।
५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका :
यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू-भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं।
६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग :
यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन्। तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं।
७. नेपाल सरकारको ध्यानाकर्षण:
नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।
अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं।
7
299
*** प्रतिनिधि सभा २०८३ असार ३० ***
विशेष समय #2
#samikchyabaskota #rastriyaswatantraparty #parliament #lawmakers
3
11
807
निशब्द !
हिजो प्रेम आचार्यको जलनले जुन प्रश्न जन्मायो,
आज गणेश नेपालीको जलनले फेरि त्यही प्रश्न दोहोर्याएको छ।
फरक केवल समयको हो, समस्याको होइन। पीडा त्यही छ।
आगोले शरीर मात्र जलाउँदैन, समाजको संवेदनशीलता र राज्यको जिम्मेवारीलाई पनि कठघरामा उभ्याउँछ।
त्यो जलनमा लगाउने मलम खोज्न, अझ भन्नू पर्दा कोही यसरी जलिरहनु पर्ने अवस्थाको अन्त्य खोज्न कहिले सकिएला?
#HelpPost
तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४ घर भई हाल गैडाकोट नपा २ मा कोठामा बसी स्टाफ नर्स अध्ययन गर्दै आएकी २८ बर्षीया सन्तोषी श्रेष्ठ २ दिन देखी बेपत्ता हुनु भएको छ । गत असार १४ गते साँझदेखि उहाँ कसैको पनि सम्पर्कमा हुनुहुन्न ।
उहाँले प्रयोग गर्दै आउनु भएको बा. प्र. ०६-००१ प १४९९ नम्बरको स्कुटर देवघाटको हनुमानचोकमा पार्किङ गरेको अवस्थामा भेटिएको छ । तर उहाँको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। उहाँको परिवारले सन्तोषीको खोजीको लागि सबैसँग अनुरोध गरेको छ ।
तपाईंको एउटा सानो सेयरले उहाँलाई परिवारको काखमा फर्काउन ठूलो मद्दत पुग्न सक्छ। कृपया यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहोला। यदि उहाँलाई कतै देख्नुभएमा वा उहाँको बारेमा केही पनि जानकारी पाउनुभएमा तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा यो नम्बरमा सम्पर्क गरिदिनुहोलाः
📞 सम्पर्क नम्बर : 9855059853
***महिला सबै भन्दा पहिला***
निर्वाचित केन्द्रीय समितिमा ५१ प्रतिशत महिला, यो निर्वाचित भएर आउने निकै ठुलो सख्या हो। यसबारे धेरै चर्चा गरिएको पाईएन।
#rastriyaswatantraparty #RSP #samikchyabaskota #womeninleadership #WomenInPolitics
*** प्रतिनिधि सभा २०८३ असार १४ ***
सहकारी (पहिलो संशोधन) विधेयक,२०८३काे छलफलमा आफ्नो भनाई राख्दै।
@party_swatantra
#rastriyaswatantraparty #samikchyabaskota #rsp
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
यो समिति राजनीतिको सामान्य प्रकृयागत दौरानमा मात्र बनेको पक्कै होइन। यो आजको समकालीन नेपाली राजनीतिमा जनताले ठूलो आशा, भरोसा र स्पष्ट जनादेशसहित अगाडि सारेको पार्टीको नेतृत्व टोली हो।
जनताले दिएको त्यो भरोसालाई परिणाममा रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी यही केन्द्रीय समितिको काँधमा आएको छ।
सबै पदाधिकारी तथा केन्द्रीय समितिका साथीहरूले आफ्नो दायित्व इमानदारीपूर्वक निर्वाह गर्दै जनताले देखेको समृद्ध र सुशासित नेपालको सपनालाई मूर्त रूप दिन सफल हुनुहुनेछ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु।
सम्पूर्ण प्रतिनिधि साथीहरुलाई विशेष धन्यवाद । 🙏🙏
🔔🔔
Samikchya Baskota retweeted
हजुरबुवाले तयार गरेको प्रतिवेदन नातिनीले कार्यान्वयन गर्दै: ३१ वर्ष अघि रामबहादुर रावलको नेतृत्वमा "सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवम संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग, २०५२" (रावल आयोग) को प्रतिवेदन तयार भएको थियो । ३१ वर्ष पछि उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नेतृत्व उनकै नातिनी नाता पर्ने भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले गरिरहनु भएको छ । 😮 #News
ताली र गाली दुवै क्षणिक हुन्, तर स्वास्थ्य अमूल्य छ। त्यसैले नियमित ध्यान गरौँ र आफ्नो मन–शरीरको ख्याल गरौँ। #rastriyaswatantraparty #samikchyabaskota #TM 🧘🧘🌼🌼❤️❤️
























