Pinned Tweet
#Nepal ... where heaven meets and you won't feel regret choosing Nepal as your destination ✌️
We are eager to welcome you with our beautiful destinations and warm hospitality 🙏 #VisitNepal2020 – at Nepal
“म यो पटक मरे नि टीका लाउँदिनँ दिदि। जसले जे सुकै भनोस्। दशैं भनेको खुसीको पर्व हो नि! मनै खुसी छैन भने जबर्जस्ती किन लाउनु? यत्रो वर्षमा पहिलोपटक दशैंमा म गाउँमा छैन। किनकि गाउँ छैन, घर छैन। मन कम्ता रोएको छ। के को हर्ष, के को पर्व।”
सन्जित भाइले यसो भन्दै गर्दा मन भारी भयो। 😥 – at Nepal
कसैका लागि दशैं घर फर्किने खुसी हो, घरमा टीका लगाउनु हो त कसैका लागि यसपालि फर्किने घर नै नहुनु, टीका लागाउने घर नै नहुनुको पीडा।
त्यसैले, कसैले टीका लगाएन भने कारण खोज्नुअघि उसको मनको अवस्थालाई पनि बुझ्ने कोसिस गरौँ न। खुसी छैन भने छैन भन्न दिऔँ। मन भारी छ भने भारी नै रहन दिऔँ। – at Nepal
हरेक दुःखलाई चाडबाडको रौनकले छोप्नैपर्छ भन्ने पनि त छैन।💔
यो मनको कुरा बडो कठिन छ नि! #बाढीलेबिथोलेकोदशैं
#RasuwaFlood #BhoteKoshi – at Nepal
बाढीले बिथोलेको दशैं!
दशैं भनेको धेरैको लागि घर फर्किनु हो। आफ्नो गाउँ, घर, परिवार, आफन्त र साथीभाइसँग भेटघाट गर्नु हो। तर यसपालि कतिका लागि फर्किने घर नै छैन, कतिका लागि घर पुग्ने बाटो छैन। 😥 +++++++ – at Nepal
यसपालि भोटेकोसी बाढी प्रभावितहरूका लागि दशैं केवल एउटा चाड होइन, गुमाएका घरहरूको सम्झना हो, छुटेका आफन्तहरूको वियोग हो र पहिलेको जीवनमा फर्किन नसक्नुको पीडा पनि हो।
सबैका लागि दशैं एउटै छैन। कसैका लागि उत्सव, कसैका लागि सम्झना त कसैका लागि silent cry भएको छ। – at Nepal
अहिले केवल राहत र पुनर्निर्माणको आश्वासन मात्र होइन, सम्हालिन समय, साथ र फेरि जीवन सुरु गर्न सक्ने आधारको प्रतीक्षामा छन् सबैजना।
समय बित्दैमा सबै पीडा कहाँ बित्छन् र!
चाडपर्व आउँदैमा सबैको मनमा खुसी कहाँ फर्किन्छ र। 😢💔
#दशै #RasuwaFlood #BhoteKoshi – at Nepal
एकजना दिदी: दशैंमा यतै कि गाउँ जाने?
म: गाउँ नै त बगायो, कहाँ जानु ।
अब दशैंमा गाउँ जाने भन्ने दिन सायदै आउला । – at Nepal
जनकपुरको नवरात्री!
झिलिमिली बत्ती, सिँगारिएका मन्दिरहरू, ठाउँठाउँमा लागेका मेला, महोत्सव, पूजापाठमा रमाइरहेका मानिसहरू, राति पनि उस्तै चहलपहल, जलेबी र मिठा पकवानहरूको बास्ना… ओहो!
मलाई त पहाडतिरको दशैँभन्दा यहाँको रौनक झन् भव्य लाग्यो। – at Nepal
पहिलोपटक नवरात्रिकै बेला जनकपुर पुग्ने मेसो मिल्यो। जानकी मन्दिर वरिपरि डुल्दा पनि कति धेरै ठाँउ डुलियो, कत्ती कुरा हेरियो जस्तो भएको। हुन त जनकपुर सधैं गुल्जार नै ठाँउ हो तैपनि अहिले त झन् गज्जबको देखिएको पो ! #मधेशकोनवरात्री – at Nepal
Deep Jyoti Shrestha retweeted
हिमालमा दोहरिइरहेको संकट
बूढीगण्डकीमा कति हिउँ र चट्टान खस्यो, खोलामा कति समय पानी थुनियो र अवरोध कसरी खुल्यो भन्ने अझै प्रष्ट हुन बाँकी छ।
त्यसको जवाफले हिमाली क्षेत्रमा भइरहेको परिवर्तन र तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बुझ्न सघाउनेछ।
👇🔽⬇️
himalkhabar.com/144998/budhi…














