
Activist/Writer गैरआख्यान NEPALIRAJANITIKOPUNARGATHAN #नेपालीराजनीतिकोपुनर्गठन, उपन्यास #मोक्षभूमि, #माधवीओमाधवी https://xitter.cf/t.co/dMg7SScRAb
Kathmandu, Nepal
Joined August 2011
- Tweets5.4K
- Following547
- Followers11.5K
- Likes113K
अन्त्योदय संवादको यो शृङ्खलामा किसानको कुरा, खेतीपातीको कुरा र त्योभन्दा धेरै माटोको आरोग्यको कुरा।
अन्त्योदय संवादमा तपाईंलाई स्वागत छ।
@Shilapatra
youtu.be/9NF8nBXequo?si=ceuj…
Keshab DAHAL retweeted
तीन दिनसम्म चलेको सम्मेलनको अन्तिम दिन मेरा लागि अझ विशेष बन्यो । किनभने, त्यो दिनको एउटा सत्रमा म स्वयम् सहभागी थिएँ । र, मेरो साथमा ‘प्यानलिस्ट’ थिए विभिन्न विश्वविद्यालय र कलेजमा कृषि विज्ञान पढ्दै गरेका १३ जना युवा महिला ।
shilapatra.com/detail/198772
Keshab DAHAL retweeted
| टिप्पणी |
भारतसँग के माग्ने, नेपालले के दिने ?
****
आजको नेपाल–भारत सम्बन्ध सांस्कृतिक र सामाजिक भावबाट मात्र बलियो हुँदैन, त्यसका लागि केही लेनदेन गर्नुपर्छ । र लेनदेनका सीमाहरू के छन्, प्रधानमन्त्रीले बुझ्नुपर्छ । @dahalkeshab को टिप्पणी ।
#nepalviews
nepalviews.com/story/428151/…
हाम्रा नयाँ सांसदहरू विदेश उड्ने मामिलामा पुरानाभन्दा निकै अगाडि देखिए। त्यसो त कामभन्दा कुरा धेरै गर्न, ढाँट्न, कुरा मिलाउन, उधुमै गरेझैँ झिनामसिना कुरालाई बढाइचढाइ गर्न र देश बनाउने गफ छाँट्न पनि यिनीहरू पुरानाभन्दा अब्बल देखिए।
खासमा, यिनलाई हाइसन्चो छ। मतदाताप्रति उत्तरदायी हुनुपरेको छैन, पार्टीप्रति उत्तरदायी हुनुपरेको छैन, भोलि के होला थाहा छैन। अपजस बोक्ने रवि, बालेन छँदैछन्। त्यसैले त हाइसन्चो छ, कुदाकुद छ र ताहुरमाहुर छ।
उनीहरूको तरिका हेर्दा लाग्छ, जुम्राले घोडा बनेको सपना देखेर हिनहिनाउँदै छ। ब्रोहरू, सपनाको रजगज अजरअमर हुँदैन है! ३५ वर्षलाई ३५ महिनाले नजितोस्, होस गरौँ।
सर्कसमा जोकरहरू नाचेको हेर्नलाई त गजबै रमाइलो भइरहेको छ, तर यो रमाइलोको मूल्य कति पर्ला, त्यो चाहिँ थाहा छैन।
अलि धेरै नै महँगो पर्ला कि?
कुरा बुझ्दा र खबर सुन्दा, इनम बाबुको जो–जो सँग सम्पर्क भएको देखिन्छ, ती मध्ये धेरैलाई उनले प्रधानमन्त्रीको नाम लिएर सम्पर्क गरेको, भेटेको र प्रयोग गरेको देखिन्छ। के यो मामिलामा प्रधानमन्त्रीलाई चाहिँ अनुसन्धान गर्नु पर्दैन?
हिजो मान्छे निराश थिए, तर त्रासमा थिएनन्। आज निराशा त छ नै, त्रास पनि बढेको छ। यत्रतत्र आतंक छ, तर जिम्मेवारी कसैले लिँदैन। यो राज्यहीनता र संरक्षित अराजकताको रचनाकार को हो? रास्वपा (सरकार), जवाफ देऊ।
कसले चलाउँदै छ सरकार? कसले दिँदै छ आदेश? के यो रास्वपाकै सरकार हो? हो भने, स्वतन्त्र प्रेसमाथिको उसको प्रतिबद्धता के हो? अन्यथा, ज्ञानेन्द्रकाललाई पनि बिर्साउने गरी पत्रकारहरूलाई किन थर्काइँदै छ र कसले थर्काउँदै छ? के प्रधानमन्त्री कार्यालयले ‘थाहा छैन’ भनेर छुट पाउँछ?
तपाईंले यो दसैँमा कति खर्च गर्नुभयो?
शंकर मोचीले खर्च गर्यो तीन हजार।
त्यो तीन हजार कसरी खर्च भयो? त्यसैको भित्री कथा हो यो लेख। यद्यपि, एउटा कुरा स्पष्ट गरौँ, तपाईंलाई देश बनाउने रनाहा लागेको छ भने यो लेख नपढ्दा हुन्छ। तपाईंलाई सीमान्त मान्छेमा चासो छ भने, अन्त्योदयमा तपाईंलाई स्वागत छ।
@Shilapatra
शंकर मोचीको प्रश्न ! shilapatra.com/detail/197616…
भोटेकोसीले ढाल्न र बगाउन नसकेका मान्छेहरूको कथा हो यो लेख।
@shilap
भोटेकोसीले ढाल्न नसकेका सपनाहरू [भिडियो] shilapatra.com/detail/196859…
भोटेकोसीको बाढीले धेरै कुरा ढाल्यो, घर बगायो, परिवार लग्यो, खेतबारी सबै गयो, तर मान्छेको साहस ढाल्न र बगाउन सकेन। ती नै भोटेकोसीले ढाल्न र बगाउन नसकेका मान्छेहरूको साहसको कथा हो यो लेख, यो संवाद।
@MumaRamKhanal
@Shilapatra
youtu.be/Kr8gCVaig_g?si=1KIr…
Keshab DAHAL retweeted
भोटेकोसीले ढाल्न नसकेका सपनाहरू [भिडियो]
स्थलगत अवलाेकनपछि @dahalkeshab @MumaRamKhanal को संवाद गज्जब छ है @Shilapatra मा ।
shilapatra.com/detail/196859
रास्वपाहरू अनुशासन आयोग खारेज गर।
म त भन्छु, राजनीतिक दलभित्र अनुशासन आयोग बनाउने कुरा आफैँमा काइते र आपराधिक कुरा हो। यदि पार्टी नेता वा सदस्यले कुनै अपराध गरेको छ भने, राज्यको कानुन आकर्षित हुनुपर्छ र छानबिन पनि राज्यले गर्नुपर्छ। यसमा पार्टीले छानबिन गर्ने कुरा नै तर्कहीन, काइते र आपराधिक कुरा हो। सोचौँ त, के पार्टी छानबिन गर्ने निकाय हो? पार्टी न्यायिक निकाय हो? पार्टी अर्धन्यायिक निकाय हो? पार्टी अदालत हो? अपराधको छानबिन गर्ने अधिकार नेपालको कुन कानुनले पार्टीलाई दिन्छ? यदि आलोचना वा नेतासँगको मनमुटावलाई अनुशासन उल्लङ्घन ठान्ने हो भने, लोकतान्त्रिक पार्टीले अब त्यसरी सोच्नु नै बेकार छ।
अतः अडियो प्रकरणमा पार्टीको विज्ञप्ति र त्यसको भाषा बेठीक छ। रास्वपाहरू, अभियुक्तलाई कानुनको जिम्मा लगाऊ र पार्टीको अनुशासन आयोग खारेज गर। यो पुरानो कम्युनिस्ट तरिका हो। लोकतान्त्रिक पार्टीमा अनुशासन आयोग चाहिँदैन।
Keshab DAHAL retweeted
सुनियोजित रुपमा 'नेपाली प्रहरी' र 'सशस्त्र प्रहरी' लाई संस्थागत रुपमा समाप्त पार्ने षडयन्त्र भइरहेको छ। एकातिर, नेपाल प्रहरीको मुख्य नेतृत्वमाथि निराधार रुपमा सरकारी दलको अराजक सांसदले आक्रमण गरिरहेको छ, तर गृहमन्त्री र पार्टी सभापति मौन छन्। अर्कोतिर, ३० बर्षसम्म अनवरत सेवामा समर्पित सशस्त्र प्रहरीको माथिल्लो वरियताका नेतृत्वदायी एआजीमाथि स्वयं गृहमन्त्री आधारहीन व्यक्तिगत प्रतिशोधको उन्मादमा मस्त छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी सिध्याउने सरकारको यस्तो अराजकता सामान्य होइन। मुलुक संस्थागत सून्यतामा झर्दैछ। संस्थागत चरित्र सनकको सिकार हुँदैछ। बेलैमा चेत!!







