चमत्कारको पर्खाइमा छ मान्छे,
भयंकर सङ्घर्ष गर्दै,
व्यग्रताको अन्तिम सीमासम्म कुर्दै।
के साच्चै चमत्कार होला?
के पूरा होलान् तिनका अधूरा सपना?
हे महादेव, हे जिसस,
हे बुद्ध, हे अल्लाह!
के तिमीहरू पनि माथि बसेर
त्यही चमत्कारको प्रतीक्षा गरिरहेछौ?
किताब पल्टाउदै जादा
बिषय सुचि हेरें
र बिस्तारै फर्काउन थालें
हरेक पेजहरु
अचम्म!
पटक्कै मिलेन
बिषय सूचि र पानाका सामग्रीहरु
दिमाग घुम्यो
पसिना छुट्यो
र झल्झल्ती तिम्रो याद आयो।
म चिन्दिन उहाँलाई
हो म चिन्दिन
म पटक्कै चिन्दिन।
तर
तर जान्दछु म
हो जान्दछु
म चिन्दिन
तर म जान्दछु उहाँलाई।
उहाँको पनि,
हो उहाँको पनि
शरिर थियो मेरोजस्तै
मन थियो मेरोजस्तै
आफन्तहरू थिए मेरोजस्तै
तर-
साढे नौ बजेको निष्पट उज्यालोमा जब पहाडको छाती चर्किएर चीत्कार खस्यो,
घामको किरणसँगै पग्लिँदै गरेको एउटा बिहानी छिनभरमै लेदोको अन्धकारमा बिलायो।
चुल्होमा उम्लिँदै गरेको चियाको बाफ,
आँगनमा अल्झिएको नानीहरूको मुस्कान
, र वर्षौँदेखि पसिनाले सिञ्चित माटोको सुगन्ध—
सबै कुरा त्यो उर्लंदो रिसाहा सर्पले
एकै घुट्कोमा निलेर लग्यो।
कुनै चेतावनी थिएन,
न त भाग्ने कुनै गोरेटो नै बाँकी थियो।
समय टक्क रोकियो,
र त्यही तिन निमेषमा
नदीले निल्यो भटाभट
बगेर गए—
काठका पुराना झ्यालहरूमा कोरिएका सपना,
भित्तामा झुण्डिएका धमिलिएका तस्बिर,
र साँझ फर्कने बाचा गरिएका पाइलाहरू।
र बगरमा बाँकी रह्यो—
केवल लेदोले पुरिएको एउटा टोपी,
अनि नदीको सुसाइमा गुञ्जिरहेको एउटा अनन्त मौनता।
म चिन्दिन उहाँको अनुहार,
न त बुझेको छु उहाँले सास फेरेको त्यो गाउँ।
तर म जान्दछु—
माटोभित्र थिचिएको त्यो अन्तिम स्वासको गम्भीरता,
र छालहरूले सोहोरेर लगेको एउटा सिङ्गो अस्तित्व।
हो, म चिन्दिन उहाँलाई
तर म जान्दछु—
हाम्रो किताबको रंगिन पाना
हाम्रो जिबनको सुन्दर ईन्द्रेणी
र दबदबेमा कुरुपिएको एक सपना।
पर्खनेहरू
आँखा बिछ्याइरहन्छन्,
मनको ढोका खोलेर अझै कुरिरहन्छन्।
थाहा छैन—
जिन्दगीको राडारले
कता पुर्यायो नआउनेहरूलाई?
नियतिको दोबाटोमा
कहाँ थक्यायो नफर्कनेहरूलाई?
कस्तो विडम्बना!
एउटा सानो अस्तित्व,
अनि अगाडि भीमकाय अनिश्चितता।
न पर्खनेहरूसँग कुनै भर छ,
न जानेहरूबाट कुनै सङ्केत।
तर यी सबका बाबजुद—
पृथ्वी कुदिरहेकै छ,
घडी टिकटिक चलिरहेकै छ।
हे मान्छेहरु!
बेच जे जे बेच्नु छ
बेच जे जे बिक्दछ
थाहा छ, बाच्नुपर्छ
थाहा छ, कुद्नुपर्छ
जिन्दगीको बजारमा
जिन्दगीको गाडी ठेल्न
खै के के पो बेच्नुपर्ला?
बराजुले पनि क्यै त बेचे होलान्
बाजे र बाले पनि क्यै न क्यै त बेचेकै होलान्
त्यसैले त तिमीले पनि बेचीरहेछौ
तर फरक यत्ती हो कि
कसैले कहिल्यै नबेचेको बस्तु
तिमी विवेक नै बेचीरहेछ्यौ
तिमी ईमान नै बेचीरहेछौ।
धेरै कुराहरू थाहा हुन्छ
सकिएपछि
जस्तै—
घाम ढलेपछि मात्र थाहा हुन्छ
दिनको उज्यालो कति अमूल्य थियो,
पानी सुकेपछि मात्र थाहा हुन्छ
तिर्खाको वास्तविक मूल्य के थियो।
साथ छुटिसकेपछि थाहा हुन्छ
त्यो सामिप्यता कति न्यानो थियो,
हात फुत्किएपछि मात्र थाहा हुन्छ
त्यो समाई कति बलियो थियो।
उमेर ढल्किएपछि थाहा हुन्छ
बाल्यकालको निफिक्री मुस्कान,
शब्दहरू निभिसकेपछि थाहा हुन्छ
मौनताभित्र जेलिएको तुफान।
जिन्दगी पनि कस्तो अनौठो पाठशाला हो,
जहाँ पाठ पछि होइन,
सबै कुरा रित्तिएपछि मात्र
मूल्य थाहा हुन्छ!
अस्ति जस्तो लाग्छ
तिमी र म
खोलाको किनारै किनार
छालहरुसॅंग सम्बाद गर्दै गर्दै
पर दोभानसम्म पुगेका थियौं,
हिजो नै झैं लाग्छ
हामी दुई
पहाडको गोरेटैगोरेटो
रुख, पात र भंज्यांगहरुसॅंग साउती मार्दै
टाकुरासम्म पुगेका थियौं।
त्यतीबेला
एकको चोट दुबैलाई दुखेको थियो
एकको खुसी दुबैलाई पुगेको थियो
सम्झ त,
क्या वाउ (wow) समय थियो त्यो!!!
आज सम्झन्छु
कस्तो अचम्म है
सम्बन्धहरु त केबल याद बनाउने यन्त्र रहेछन्
सम्बन्धहरु पनि पानीजस्तै बग्ने रहेछन्।
3
132
तिम्रा ओठले कुनै उर्दी जारी गर्दैनन्,
न त कठोर शब्दमै आदेश पोख्छन्,
तर पनि यो मोहनको मन
चल्छ तिम्रै इसारामा,
"आफ्नो ख्याल राख्नु" भनिदिँदा तिमीले,
त्यही शब्द नै मेरो कानुन बन्छ,
तिम्रा साना-साना ओझेल चाहनामै
मेरो सिङ्गो संसार हाँस्छ,
जित्नु छैन मलाई यो जुनिमा,
बरु तिम्रै आदेशमा हार्नु छ,
तिम्रो नजरमा सजिनु छ
तिमीलाई नजरमा सजाउनु छ,
बेमतलबी मान्छेको
बेमतलबी मन
तिमीलाई नै अर्पनु छ
तिमीलाई नै सुम्पिनु छ।
It’s really a worrying situation. I hope they all are safe.
Nirmal Purja among 10 climbers feared missing after avalanche bbc.in/4yQbaMu
3
1,068




