Pinned Tweet
नयाँ वर्ष २०८३ को शुभकामना ।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
बितेको वर्षले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको छ । विशेषगरी युवापुस्ताको सक्रियता, चेतना र सहभागिताले राजनीतिलाई नयाँ दिशा दिएको छ । सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब केवल विरोधमा मात्र सीमित नभई नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको छ ।
यस परिवर्तित परिवेशमा सरकारप्रति जनताको अपेक्षा अझ बढेको छ । जनताले अब परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेका छन् । काम गर्ने, देखिने र अनुभव हुने सरकारको आवश्यकता आज झनै तीव्र भएको छ । सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो ।
लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित नेपाली कांग्रेस आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति हो । बदलिँदो समयअनुसार आफूलाई रूपान्तरण गर्दै र नयाँ पुस्तालाई समेट्दै अघि बढ्नु कांग्रेसका लागि अपरिहार्य बनेको छ । आफ्ना मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकताबद्ध भएर अघि बढ्न सकेमा कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ ।
राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो ।
नयाँ वर्षले हामी सबैमा सकारात्मक सोच, नवीन ऊर्जा र एकताको भावना ल्याओस् । साझा प्रयासबाट समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माण गर्ने दृढ संकल्पका साथ अघि बढ्न सकियोस् ।
यस नयाँ वर्षले तपाईं हामी सबैका सपना, आकांक्षा र लक्ष्यहरू पूरा गर्ने नयाँ अवसरहरू सिर्जना गरोस् । जय नेपाल ।
डा. शेखर कोइराला
२०८३ बैशाख १ गते
नेपालीहरुको पर्व विजयादशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति एवं बरिष्ठ शिक्षाविद् प्रा.डा सुुरेशराज शर्माको निधनले दु:खी बनाएको छ।
शर्माले नेपालको शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदान हाम्रा सामु सधै अविस्मरणीय रहिरहनेछ ।
शोकाकुल यस समयमा समस्त परिवारजनमा समवेदना र स्व. सुुरेशराज शर्माप्रति भावपुर्ण श्रद्धाञ्जली ।
जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छ्याचारी हुन थाल्दछ ।
भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो । हामी कस्तो समाज निर्माण गर्दैछौं ।
भरत दाहालको तुरुन्त रिहाई गर्न र यस्ता लोकतन्त्र विरोधी कृयाकलाप फेरि नदोहोरिने प्रतिवद्धताको लागि सरकारसँग आग्रह गर्दछु ।
प्रिय साथीहरु,
जय नेपाल ।
अत्यन्त गम्भिरतापूर्बक साथीहरु माझ म पत्र मार्फत बर्तमान देशको अवस्था र नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको बिभाजनवारे आफ्नो बिचार संक्षिप्तमा राख्न गैरहेको छु ।
.................
विपद्को समयमा नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व हो ।
रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदछु। संकटमा परेका नागरिकको सारथी बन्न पार्टीका सम्पूर्ण साथीहरू तुरुन्तै उद्धारमा जुट्न आग्रह गर्दछु । साथै बाढीको बहाव बढ्नसक्ने भएकाले तल्लो तटीय क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा रहन अपिल गर्दछु ।
हिजो श्रावण २७ गते राति परेको अविरल वर्षाका कारण रोल्पाको थवाङ् गाउँपालिका-५ स्थित कोटलबारामा पहिरोमा परि अहिलेसम्म ७ जनाको निधन भएको र अझै केही बेपत्ता भएको घटनाले स्तब्ध बनाएको छ ।
बिपत्तिमा परेका परिवारका लागि उचित राहत र पुनर्वासको व्यवस्था गर्न, घाइतेहरुको उपचार र बेपत्ताहरुको खोजि कार्य गर्न सरकारसँग आग्रह गर्दै मृतकहरुप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्रनु लोकतन्त्रको लागि राम्रो संकेत होइन ।
पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्म बिपरित छ । श्रेष्ठको अविलम्ब रिहाई गर्न र यस्ता लोकतन्त्र विरोधी गतिविधि नगर्न म सरकारसँग आग्रह गर्दछु ।
विश्व कीर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल पुर्जा लगायत पर्वतारोहण दलका सदस्यहरुको पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको समाचारले दु:खी बनाएको छ।
पुर्जाले साहसिक पर्वतारोहणका क्षेत्रमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ । पुर्जाको निधनबाट विश्वले पर्वतारोहण क्षेत्रका एक महान् आरोही गुमाएको छ।
शोकाकुल यस समयमा समस्त परिवारजनमा समवेदना र स्व. निर्मल पुर्जा लगायत मृतकहरुप्रति भावपुर्ण श्रद्धाञ्जली ।
हालै तराई-मधेस क्षेत्रमा भएका संवेदनशील घटनाक्रमहरूले हामी सबैलाई चिन्तित बनाएको छ। हामीले बिर्सनु हुँदैन, नेपाल सदियौं देखि विभिन्न जातजाति, भाषा, धर्म र संस्कृतिको साझा फूलबारी हो। यो अनुपम एकता नै हाम्रो असली शक्ति हो ।
आवेग वा उत्तेजनाले समाजलाई फाइदा पुर्याउँदैन। वर्तमान परिस्थितिमा संयम, विवेक र आपसी संवाद् नै सबैभन्दा ठूलो औषधि हो । राजनीतिक नेतृत्व, धार्मिक गुरु र नागरिक समाज सबैले शान्ति र सहिष्णुता कायम राख्न जिम्मेवार भूमिका खेलौं ।
सामाजिक सञ्जाल र सञ्चार माध्यममा घृणा फैलाउने कुराहरूलाई निरुत्साहित गरौं र समाजलाई जोड्ने सकारात्मक सन्देशहरू मात्र सेयर गरौं ।
मृतकहरूप्रति भावपुर्ण श्रद्धाञ्जली तथा घाइते सुरक्षाकर्मी र आन्दाेलनकारीकाे शिघ्र स्वास्थ्य लाभको कामना र उनिहरुको उपचारमा राज्यले कुनै कसुर बाँकी नराखोस् ।
आउनुहोस्, एकजुट भएर सामाजिक सद्भावको यो कडीलाई अझ बलियो बनाऔं । विविधतामा एकता नै हाम्रो शान हो।
नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनले दु:खी बनाएको छ।
श्रेष्ठले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ ।
शोकाकुल यस समयमा समस्त परिवारजनमा समवेदना र स्व. गोपालमान श्रेष्ठप्रति भावपुर्ण श्रद्धाञ्जली ।
२०४६ सालको आन्दोलनपछिको अन्तरिम सरकारका अर्थमन्त्री तथा नेपालको लोकतान्त्रिक र नागरिक आन्दोलन, अर्थतन्त्र, विकास प्रशासन र सुशासनका क्षेत्रका अगुवा डा देवेन्द्रराज पाण्डेको निधनले दु:खी बनाएको छ ।
स्व. पाण्डेले सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचार नियन्त्रण र उत्तरदायी राज्य व्यवस्थाका पक्षमा पुर्याउनु भएको योगदान सधै अविस्मरणीय रहिरहनेछ ।
शोकाकुल यस समयमा समस्त परिवारजनमा समवेदना र स्व. डा देवेन्द्रराज पाण्डेप्रति भावपुर्ण श्रद्धाञ्जली ।












