Pinned Tweet
हामी अङ्ग्रेजी भाषा लेख्दा कतै व्याकरण मिलेन कि वा शब्द अशुद्ध लेखिन्छ कि भनेर बडो सावधान भएर लेख्छौँ। त्यति नै सावधानी अपनाएर नेपाली (आफ्नो) भाषा लेखिदिए भाषाको गरिमा बढ्ने थियो भने नेपाली भाषाले पनि अभ्युदय हुने मौका पाउने थियो। – at Nepal
Kritika Tharu retweeted
Nepal is navigating a critical period in its democratic history. No narratives or arguments crafted by political, judicial, and administrative circles to glorify failed leadership can alter objective realities or the truth.
Nepal is navigating a critical period in its democratic history. No narratives or arguments crafted by political, judicial, and administrative circles to glorify failed leadership can alter objective realities or the truth.
पत्रकारहरू नेपालका साँढे हुन्। यिनलाई बाँध्ने कुनै कानुनी डोरी छैन। समाचारको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता नै ठान्दैनन्। पैसाका लागि धम्क्याउँछन्, असुली गर्छन् र पैसा नपाए जे पनि लेख्छन्। यिनका कारण धेरैले जीवन गुमाएका छन्। अरूको मृत्यु र आँसुमा समेत यिनीहरू उत्सव मनाउँछन्।
विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले मान्यता नदिने डिग्रीहरू नेपालमा भने ‘Foreign Affiliated' को नाममा तासको पत्ता बाँडेझैँ बाँडिँदै छन्। लाखौँ रुपैयाँ असुलेर विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको छ। सरकार नियमन गर्ने कि रमिता हेरेर बस्ने?
नेपालमा पत्रकार र न्यायाधीशलाई कानुन नै नलाग्ने रहेछ ! पत्रकारले जे लेखे पनि छुट, न्यायाधीशले जे गरे पनि उनीहरूको विरुद्ध बोल्नै नपाइने ! यो कस्तो उन्मुक्ति ?
कानुन त सर्वसाधारणका लागि मात्रै रहेछ। बिचरा मेरो देश !
अदालतले जे गरेपनि सही हुन्छ र ? के अदालतले यसरी भाषाको धज्जी उडाउँदा पनि बोल्न/लेख्न नपाइने हो ? यसको विरुद्धमा उजुर गर्न कहाँ जाने ?
Kritika Tharu retweeted
आफू त ३० वर्ष पनि कटियो ! नेपालमा ३० वर्षे युवाले भूकम्प ल्याइरहेको अवस्थामा आफूले चैँ के हल्लाउने होला भनेर एकाबिहानै दिमाग घोचिरहेको छ ! शुभदिन🙏
Kritika Tharu retweeted
गगन थापा कयौँ कमजोरी भएका साधारण मानिस नै हुन् तर आजको राजनीतिमा उनको सामु उभिएका धेरै पात्रहरूको तुलनामा भिजन, अभिव्यक्ति र बौद्धिक स्पष्टतामा उनी अरूभन्दा निकै उचाइमा देखिन्छन्। यो उचाइ दैवीकरणको होइन, विचारको स्पष्टता, तार्किक विचार र नेतृत्वको आत्मविश्वासको परिणाम हो।
Kritika Tharu retweeted
धेरैले अशुद्ध लेख्ने श, ष र स को प्रयोग :
• सबै तद्भव र आगन्तुक शब्दमा ‘स’ को मात्र प्रयोग गरिन्छ, ‘श’ वा ‘ष’ को प्रयोग हुँदैन ।
तद्भव शब्दहरू : सय, दस, सेतो, ससुरा, आँसु, पुस, सास, असोज, अस्ति, एक्कासि, पर्सि, सिमसिम, सोझो, सात, सत्र, साथी आदि । ...१
Kritika Tharu retweeted
आगन्तुक : तत्सम र तद्भवभन्दा अन्य तरिकाले भित्रिएका शब्दहरू आगन्तुक शब्दहरू हुन् । ती नेपालका राष्ट्रिय भाषा (जस्तै : थारु, नेवारी, मैथिली, तामाङ, गुरुङ आदि) बाट आएका छन् भने अन्य विभिन्न विदेशी भाषा (जस्तै : अङ्ग्रेजी, फारसी, अरबी, हिन्दी, पोर्तुगीज आदि) बाट पनि आएका छन्।…१
Kritika Tharu retweeted
तद्भव र आगन्तुक शब्दको अन्त्यको ईकारबाहेक सबै ह्रस्व लेखिन्छ ।
जस्तै :
उकार : चुकुल(सुरु), कानुन(मध्य), जादु(अन्त्य)
इकार : किताब(सुरु), वकिल(मध्य), सब्जी(अन्त्य)
सबै तद्भव र आगन्तुक शब्दमा ‘स’ को मात्र प्रयोग गरिन्छ, ‘श’ वा ‘ष’ को होइन ।
जस्तै : सिफारिस, सहर, सिकार, सुरु आदि ।
Kritika Tharu retweeted
फेरि व्याकरणकै कुरा🙏
तिर्यक् रूपको प्रयोग कसरी गर्ने ?
एको, नु अन्त्यमा आउने कुनै शब्दका पछाडि ले, मा विभक्ति लाग्दा तिर्यक् रूप प्रयोग गरिन्छ ।
जस्तै :
भएको + मा = भएकामा
भएको + ले = भएकाले
गर्नु + ले = गर्नाले
…१
Kritika Tharu retweeted
शब्द प्रयोग गर्दा अलमल हुनबाट बचौँ ।
* यश : राम्रो काम गर्नेले पाउने इज्जत; सुकीर्ति; राम्रो ख्याति । २. प्रशंसा; तारिफ ।
* यस : 'यो' सर्वनाम तिर्यक् रूपमा परिणत हुँदा बन्ने रूप; 'जो'–बाट 'जस', 'त्यो'–बाट 'त्यस' बनेझैँ 'यो'–बाट बन्ने रूप (यसले, यसमा, यसको, यसबाट आदि)।
"फूल कोर्ट" होइन, "फुलकोर्ट" हो ।
बिहीबार प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको छ । त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ ।
#onlinekhabar
onlinekhabar.com/2026/10/204…
5
13
1,219














