
@DevBdrGC1i
iAccount based inNepal
About this account
- Account based in
- Nepal
- Connected via
- Nepal App Store
Account-level information from X, not a live location or the device used for a specific post.
पगपग चल्ते उनके ललाट के चमकते बिन्दिया को देखुं पलके नहीं करती चमचम नयनो से बोल नहीं सकती मुह कह नही सकती बोली यही तो है विधाता की नियम तोड सकता नहीं -
Joined November 2022
- Tweets1.8K
- Following584
- Followers151
- Likes7K
Dev Bdr G. C. retweeted
बिहानीको ३ बजे,..
निन्यारो आँखा पार्दै एक बिवस बुबा, ईमर्जेन्सीको रातो जोनको
(रातो जोनमा निकै जटिल बिरामी राखिईन्छ) शैयामा लम्पसार परेको आफ्नो १२ वर्षे छोरोलाई हेर्दै भन्छन्! "होस् भैगो, अपरेसन नगर्ने, बिदा दिनुस् , घरै लैजान्छु !"
३-४ पटक सम्म काउनसीलिङ गर्दै, अपरेसन को चाँजो पाँजो मिलाउँदै हस्याङपसयाङ गर्दै गरेको डाक्टर म "हैन बुवा, तपाईं किन बुझ्नुहुन्न !! सबै लक्षण चेक जाँच गर्दा उसको आन्द्रामा प्वाल परेको करिब २२ घण्टा बितिसकेको छ र फोहोर पानीले शरीरमा शङ्क्रमण सुरु भईसकेको छ। प्रेसर घट्न थालिसक्यो ! तुरन्तै अपरेसन भएन भने ज्यानको खतरा छ।"
"अपरेसन गर्दा पनि ज्यान खतरा छ भन्नुभएको होईन त !?
" हो ! अपरेसनमा जोखिम छ ! जोखिम त हुन्छ नै। तर अपरेसन भएन भने उस्को ज्यान जाने निश्चित छ। तुरन्तै अपरेसन भएमा ज्यान बचाउन सकिन्छ, जोखिमहरु यी यी हुन् .....(मैले सबै जोखिमहरु सरल भाषामा बुझाए) जुन भवितव्य हुन् ! नहुने सम्भावना बढि छ तर हुदैन भन्न सकिन्न ! तर अपरेसन नगरे त ज्यान जाने पक्का नै हो । किन नमान्नुभएको ? समस्या के भो भन्नुस् त !"
भाव विवहल हुँदै त्यो लाचार बाबु बोल्छन् "पैसा छैन डाक्टर साब !हामी गरिब मान्छे।" (यो भन्दै गर्दा उनको बोली सर्किए जस्तो , श्वास अड्किए जस्तो भएको महसुस हुन्छ)
म भन्छु "धत् ! यस्तो कुराले पनि ज्यान जोखिममा राख्ने हो त ! हेर्नुस् यहाँ तपाईलाई कसैले पनि अहिले तत्कालै पूरा पैसा जम्मा गर् भन्दैन ! पैसा बिस्तारै खोज्दै गर्नुस् , मिलाउदै गर्नुस्। अपरेसन हुँदै गर्छ। नआतिनुस्। पैसो छैन भन्दैमा कुनै पनि बिरामीले यस अस्पतालबाट बिना उपचार फर्केर जान पर्दैन। "
उनले मेरो कुरा नपत्याए झै गरे। ठाऊँ ठाऊँका अस्पतालमा ढाड सेकिने गरि महँगा बिल र बेड चार्ज देखेका , तिरेका त्यहि गरीब बाबू फेरि बोल्छन् " म गरिब मान्छे, खै कसरी गरुँ, डिस्काउण्ट मिलाईदिनस् न है उपचारमा !"
"अरे बाबा ! कति चिन्ता लिनुभएको !? अपरेसन चाहिँ ढिला नगरौँ। ल यो भिडियो एक्सरे र यो रगत जाँचको पनि बिल भर्नु पर्दैन अहिले !! अरु पछि बिस्तारै मिलाऊला ! तपाई पनि बिस्तारै भोलि पर्सि तिर यता उता पैसा खोज्नुस् । हामी पनि यता मिलाउम्ला ! अहिले भने अपरेसन शुरु गरौँ। तपाईले निर्णय लिन जति ढिला गर्नुहुन्छ, छोराको स्वास्थ्यमा जोखिम त्यति बढ्दै जान्छ।"
(फोनमा ल्याब सँग... सुन्नुस् न यो बिरामी सँग पेसो नै छैन । बिरामी सिरियस छ।तुरन्तै OT लान पर्ने। बिल नखोजि रिपोर्ट दिईहाल्नुस् है। पछि मिलाम्ला)
रातीको २ बजे ड्युटी नभएपनि मेरै अनुरोधमा भिडियो एक्स्रे गर्दिन भनी अस्पतालसम्म आएका अर्का डाक्टर सँग मैले फेरि अर्को अनुरोध गरे "सर हेर्नुस् न, पैसा नभएर अपरेसन नै नगर्ने रे ! सर यो बिल नतिराम् है।"
"ल ल , भईहाल्छ नि !"
अघि सम्म होस् मरे पनि बरु घरै लान्छु भन्ने बुबा अब भन्छन् " ह्वस डाक्टर साब, मैले शहीछाप दिए। अपरेसन गर्दिनुस्। तर मेरो एक्लो छोरो हो... म पनि अपरेसन हेर्न आउँछु है!"
"धत् अपरेसन कोठामा त कहाँ आउन मिल्छ त !.. सङ्क्रमण फैलिन्छ नि... आदि ईत्यादि। तपाईहरु यहिँ बस्नुस्। नआत्तिनुस् न। हामी खबर गरौँला"
आन्द्रामा प्वाल परेको निकै समय भएको ले पूरा पेट सफा गर्ने, सङ्क्रमणको जोखिम हटाउने, प्वाल टाल्ने आदि गर्दा ४ घण्टा लाग्यो। अपरेसन पश्चात् अपरेसन कोठा बाहिर जाँदा .... घण्टौ सम्म छटपट छटपट गर्दै , प्रार्थना गर्दै बसिरहेका त्यहि बाबु ढोकामै रहेछन्। " डाक्टर साहिबा ! कस्तो भयो?? होस् आयो ?? म हेर्न जाम् ?"
"पख्नुस् न पख्नुस्। अपरेसन राम्रै भयो। होस पनि आईसक्यो। अब आधा घण्टापछी तल वार्डमा सार्छौ त्यहि भेट्नुस् न है बुबा"
आँखाभरी आँसु पार्दै फेरि ती बुवा बोल्छन् "तपाईहरुलाई धैरै धेरै धन्यवाद।"
"हैन हैन, यो त हाम्रो काम नै हो!"
यति भन्न नपाउँदै मेरो ड्युटि फोन बज्यो "काठमाडौँ धूलीखेलको बाटोमा टिप्परले बाईकलाई हानेर २३ वर्षीय युवाको दुर्घटनाको केस छ। फोक्सोको झिल्लीमा हावा पसेको, अक्सिजन घटिरहेको छ। तुरन्तै छातीमा पाईप हालीहाल्नुपर्नेछ।
"पाईप हाल्नलाई सबै सामान रेडी गर्नु, OT सम्म ल्याउन भ्याईदैन, त्यहीँ ईमर्जेन्सीमै गरम्ला" एक हातले फोन समाएर यति भन्दै अर्को हातले OT मा लगाईएको मास्क, क्याप खोल्दै, ईमर्जेन्सी कक्षतिर दौडिहाले ....
चाहे मध्य रातको बाह्र बजोस् या झिसमीसे बिहानीको तीन !
चाहे हातमा पैसा होस् या खोज्नुपरोस् ऋण !
केवल पैसा नभएको कारणले,
केवल गरिबिको कारणले,
ज्यान गुमाउनु पर्ने नआओस् कसैको दिन!!
यो मेरो मात्र होईन, हरेक स्वास्थ्यकर्मीको बोली हो,
म त केवल सेवक, शुलभ गुणस्तरीय स्वास्थ्यको भोलि हो !!
सत्यघटना : धुलीखेल अस्पताल.... सन२०२१
सर्जन डाक्टर तोसिमा कार्कीलाई राजनितीमा आउन वाध्य पार्ने सयौँ घटनाहरु मध्येको एक ।
#DrToshimaKarki
Dev Bdr G. C. retweeted
नक्कली भूमिहीन बनेर जग्गा लिन गलत विवरण दिने तथा नक्कली विवरण देखाइ जग्गा तथा संरचना लिएको पाइएमा भूमि समस्या समाधान समितिले कानुनी कारबाही गर्ने जनाएको छ। #News
Dev Bdr G. C. retweeted
नेपालमा बसेर समाज भाड्ने छुट कसैलाई छैन : कानुनमन्त्री गौतम | Sobita Gautam | Onlinekhabar
NEWS : onlinekhabar.com/2026/08/198…
Dev Bdr G. C. retweeted
धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।
Dev Bdr G. C. retweeted
नेपाल सरकारले आज जारी गरेको नेपाली भूमि लिपुलेख हुँदै कैलाशमानसरोवर यात्राका विषयमा कूटनीतिक नोट पठाइसकेको जानकारी गराएको छ। यसै विषयलाई लिएर आज पार्टी सभापति रवि लामिछानेले संसदमा रहेका सबै राष्ट्रिय दलका नेताहरूसँग सम्पर्क गरी यस विषयमा धारणा समेट्नुभएको थियो।
Dev Bdr G. C. retweeted
संसदीय दलको अनौपचारिक छलफल सम्बन्धी सूचनाः
राष्ट्रिय स्वतन्त्र पार्टी, संसदीय दलको अनौपचारिक छलफल (पार्टी सभापतिज्यू समेत) हुने भएकोले काठमाडौँ उपत्यकामा उपलब्ध सांसदज्यूहरूलाई उपस्थितिको लागि अनुरोध छ ।
मितिः २०८३ वैशाख १६
समयः ११:०० बजे ।
स्थानः रास्वपा संसदीय दलको कार्यालय
Dev Bdr G. C. retweeted
हिजोसम्म केपिओलिको प्यारी छोरी बनेर हिडेकी जस्मिन ओझा एमालेकै निर्दैशनमा २-३ जना अरु बटुलेर सुकुम्बासीलाई उस्काउन पुगेकी रैचिन तर प्राय: सुकुम्बासी भनिएकाहरु नै हुकुमबासि भएपछि सुकुम्बासीको भन्दा बढी हरिबिजोग त यि अभियान्ता भन्नेहरुको पो भएछ त गाँठे।
#झोलेहरुको बिल्कुल नयाँ रुप।
Dev Bdr G. C. retweeted
धर्मनिरपेक्षताको नाममा धर्मान्तरणलाई मौन संरक्षण दिने काम पछिल्ला सरकारहरूले निरन्तर गर्दै आएका थिए। यसको स्पष्ट प्रमाण सुकुम्बासी बस्ती हटाउने क्रममा देखिएको दृश्यले नै उजागर गरिसकेको छ। गरिबी, अशिक्षा र पछौटेपनमा बाँचिरहेका नागरिकहरूको कमजोर अवस्थाको फाइदा उठाउँदै आस्था र पहिचानमाथि हस्तक्षेप गर्नु अत्यन्त गम्भीर विषय हो।
पूरा अन्तर्वार्ता हेर्नको लागि:
youtu.be/v3gmFN4_i7M?si=YCoe… – at Nepal
Dev Bdr G. C. retweeted
सन्दर्भ र आसय फरक हुन्छ तर Click & Views को लागि फरक र भ्रामक शीर्षक बनाउने गलत अभ्यास गरिन्छ।
Dev Bdr G. C. retweeted
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
Dev Bdr G. C. retweeted
#श्रीषा कार्किको हत्या प्रकरणमा रवि लामिछानेले आवाज उठाउँदा पत्रकार किशोर श्रेष्ठले रविलाई मिनेटमै सिध्याईदिने धम्की दिएका थिए उबेला पनि।
#यस्ता अपराधिक प्रबृतिका पात्र कसरी टिकिरहेका छन पत्रकारितामा?
#ठेगान लगाउन पर्ने व्यक्ति हो यो पनि।
बार्गेनिङ गर्ने कूम्ल्याउने नङ्याउने तैट।
Dev Bdr G. C. retweeted
सांसद गणेश पराजुलीले भन्छन्-
गलत मुद्दा तयार पार्ने प्रहरी, झुटो मुद्दा दायर गर्ने वकिल, अन्यायपूर्ण फैसला गर्ने न्यायाधीश, झुटो आश्वासन बाँड्ने नेताहरू तथा झुटा समाचार फैलाउने सञ्चारकर्मीलाई नियमन र कारबाही गर्न सक्ने स्पष्ट कानुन निर्माण गरेर मात्र विधिमार्फत सुशासनको यात्रामा इटा थप्न सकिन्छ।
Dev Bdr G. C. retweeted
रवि दाइले सुकुम्बासी बस्तीमा डोजर चल्यो भने पैले म छाती थाप्छु भनेका थिए भनेर सञ्जालतिर झोलेहरूले ट्रोल बनाएको देखियो !
तर रवि लामिछानेले यो कुरा असली सुकुम्बासीहरूको लागी भनेका गरेका थिए नकी नक्कली हुकुम्बासीहरूका लागी ☝️ पुरै भिडियो हेरौँ 👀र सुनौँ 👂
Dev Bdr G. C. retweeted
प्रतिनिधि सभाको सभामुख जस्तो गरिमामय पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल ज्यू निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।
जसरी पार्टीलाई सुरुवातदेखी यहाँसम्म पुर्याउन यहाँको योगदान अतुलनीय छ त्यसरी नै आशा छ यहाँको सम्माननीय सभामुखत्वमा संसदले नयाँ उचाई लिन सफल हुनेछ।
हार्दिक बधाई सम्माननीय सभामुखज्यू।
Dev Bdr G. C. retweeted
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननिय बिराज भक्त दाई भन्न नि क्या आनन्द आउने 🤭🥰Congratulations Dai..! I’m so happy for you dear Dai ❤️

















