(⭐DEV SINGH⭐) (@CuriousChhetri) header
(⭐DEV SINGH⭐) (@CuriousChhetri) profile picture

🌺🌼 don't trust anyone life is full of fake people's.💌 (AB Negative) 🔴 Tourism and Hospitality

khalanga , Darchula , Nepal
Joined December 2017
Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)Photo by (⭐DEV SINGH⭐) (@CuriousChhetri)
भन् के लेखु तिमी कि म 💬✍️
2
15
1,436
(⭐DEV SINGH⭐) retweeted
लाखौँ मान्छे हस्पिटलमा छन् । कोही रोगसँग लडिरहेका छन् । कोही जीवन र मृत्यूको दोसाँधमा उभिएका छन् । उनीहरूको कुरुवा बस्ने आफन्त कति दिनदेखि सुत्न पाएका छैनन् । उनीहरू भगवानसँग एउटै कुरा माग्छन्, "निको भएर घर जान पाईयोस् ।" उनीहरूका लागि सबैभन्दा ठूलो खुसी त्यति हो । हजारौँ मान्छे कुनै न कुनै मुद्दा लडिरहेका छन् । वादी/प्रतिवादी भएर पेसी, सुनुवाई र फैसलाको पछि दौडिरहेका छन् । त्यो पनि वर्षौँदेखि । उनीहरूको एउटै सपना त्यो मुद्दाको निचोड हो । त्यो टुङ्गिए आरामको सास फेर्दा हुन् । कति मान्छे गरिबीले थलिएका छन् । छानोबाट जून देखिन्छ । दुई छाक भरपेट खान पाएको दिन मिठो निन्द्रा पर्छ । न्यानो भएर सुत्न पाए कति मिठो निन्द्रा लाग्छ । उनीहरूको खुसी त्यतै कतै अल्झिएको छ । कति बेरोजगार छन् । कतिले अकालमै आफन्त गुमाएका छन् । कति दृष्टिबिहिन भएर पनि उज्यालो छर्ने प्रयासमा छन् । कोही बोल्न सक्दैनन् तर विचार बाँडिरहेका छन् । यो सबथोकभन्दा पर एउटा सामान्य जमात छ । जसलाई आफ्नोभन्दा बढि अरुको पिर छ । जो आफ्नो खुसीमा भन्दा अरुको बर्बादिमा रमाउँछ । आफूसँग भएको १० देख्दैन, अरुसँग भएको ५ मा जल्छ । कसै न कसैलाई गालि नगरी बस्नै सक्दैन । आफूलाई सधैँ अरुसँग तुलना गर्छ । आफ्नो दुख केही छैन तर संसारका सबै दुख उसले नै बोकेर बसेको छ । जोसँग लालचको यस्तो भोक छ, जति खाए पनि अघाउँदैन । मुस्कुराउन जान्दैन । कृतज्ञ हुँदैन । बस्, तुलना गर्छ र दुखी हुन्छ । यस्ता दुखी आत्माहरूले सुनको थालमा भात पाए भने पनि के भन्छन् थाहा छ ? "यो भात पनि सुनकै भए हुन्थ्यो नि है ?" Be grateful for what you have. If you have an ordinary life, that's rare. Live it. ✍️
6
32
699
(⭐DEV SINGH⭐) retweeted
Happy Thankful Thursday! As Thanksgiving gets closer, let’s remember that the greatest blessings aren’t always the biggest ones. Sometimes they’re the little moments, the laughter of our children, a warm hug, a peaceful morning, and the people we love. Today, choose gratitude over worry and appreciate the beautiful blessings you already have. What’s one thing you’re thankful for today?
2
5
19
264
(⭐DEV SINGH⭐) retweeted
माता तुलसी र श्री शालिग्राम जीको दिव्य विवाहको अवसरमा हार्दिक शुभकामना। भगवान् श्री हरि विष्णुको कृपा र माता तुलसीको आशीर्वादले सम्पूर्ण भक्तजनहरूको जीवनमा सुख, शान्ति, समृद्धि र आनन्द ल्याओस्। जय माता तुलसी जय श्री हरि विष्णु तुलसी विवाहको शुभकामना ✍️
9
18
54
755
(⭐DEV SINGH⭐) retweeted
हे कृष्ण! न धनको घमण्ड चाहियो, न संसारको देखावटी माया। बस्, यति कृपा गरिदिनुहोस् कि दुःखमा नआत्तिऊँ, सुखमा नबदलिऊँ र कसैको आँसुको कारण कहिल्यै नबनूँ। त्वमेव माता च पिता त्वमेव। त्वमेव बन्धुश्च सखा त्वमेव॥ ✍️
6
11
1
27
487
(⭐DEV SINGH⭐) retweeted
गार्हो छ है गार्हो तनाव पनि केको मात्रै लिनु जिन्दगी ठिकठाक चल्दै थियो, अनि फेरि मंसिर आयो 🙉✍️
9
11
2
63
1,913
(⭐DEV SINGH⭐) retweeted
श्रीमद्भगवद्गीतामा पनि भनिएको छ नि— मन नै मानिसको बन्धन र मुक्तिको कारण हो। जब मन नियन्त्रणमा हुन्छ, तब जीवनमा शान्ति, विवेक र वास्तविक श्रेष्ठता प्राप्त हुन्छ।✍️
5
7
1
21
206
(⭐DEV SINGH⭐) retweeted
कतिपय गल्तीहरू भेटेर पनि नभेटे झैं गर्नुपर्छ। कतिपय पीडाहरू सहेर पनि नसहे झैं गर्नुपर्छ। कतिपय मान्छेहरू चिनेर पनि नचिने झैं गर्नुपर्छ। किनकि चोट भनेको मान्नेलाई लाग्छ, जान्नेलाई लाग्छ र आफ्नैलाई लाग्छ। कतिपय बाटाहरू हिँडेर पनि नहिँडे झैं गर्नुपर्छ। कतिपय जीतहरू जितेर पनि नजिते झैं गर्नुपर्छ। कतिपय हारहरू हारेर पनि नहारे झैं गर्नुपर्छ। किनकि घमण्ड भनेको गर्नेलाई लाग्छ, हार्नेलाई लाग्छ र जित्नेलाई लाग्छ। कतिपय आँसु झरेर पनि नझरे झैं गर्नुपर्छ। कतिपय हाँसो हाँसेर पनि नहाँसे झैं गर्नुपर्छ। कतिपय रहरहरू मरेर पनि नमरे झैं गर्नुपर्छ। किनकि पीडा भनेको सहनेलाई हुन्छ, हेर्नेलाई हुन्छ र बुझ्नेलाई हुन्छ✍️
4
16
42
2,340
(⭐DEV SINGH⭐) retweeted
कसैको पनि जरा खन्नु छैन आँखाको कसिङ्गर बन्नु छैन आफूलाई अब्बल देखाउन अरुलाई खराब भन्नु छैन।✍️
3
10
1
30
505
(⭐DEV SINGH⭐) retweeted
मेरो उठबस म जस्तै साधारण मान्छेहरूसँग मात्र हुन्छ। ठुलो कुरा गर्ने र ठुला मान्छेहरू को खास्सै भ्यालु गर्दिन म॥😏😏😏
4
2
14
460
(⭐DEV SINGH⭐) retweeted
झरेका पातहरू कुच्चिएका सामानहहरू हरेक विफलताहरू गलेका पलहरू सबै सबैका लागि हल गर्ने विधि छन् अनि तिमी किन रून्छौ एक दिन सम्पूर्ण समस्या समाधान गर्छौ गर्छौ ✍️
1
16
40
2,080
(⭐DEV SINGH⭐) retweeted
अन्त्य नै सुरूवात हो सुरुवात जिवन जिउने आधार हो कतै सांग्लो तोडेर अघि बढ्नु छ कतै जालझेल चिर्दै अघि बढ्नु छ एकै हिसावले जिन्दगी चल्दापनि चल्दैन् भगवानले चाहेपछि लाखौ झेल पनि काम गर्दैन् ॥ राधे राधे ✍️
5
12
1
32
919
(⭐DEV SINGH⭐) retweeted
मायाले मन, प्रेमले बिश्वास, बिश्वासले हिर्दय, हिर्दयले एकत्व, एकत्वले अद्वितीयता र अद्वितीयताले मानसमिलन। यहि हो प्राप्ति प्रेमको.……….✍️
5
18
51
5,510
(⭐DEV SINGH⭐) retweeted
कहिलेकाहीँ जीवनले फूल होइन तीखा काँडाहरू उपहार दिन्छ जसको डोब समयको उर्लँदो भेलले पनि मेट्न सक्दैन। ती घाउहरू रगत बगाउन होइन आत्माको अँध्यारो कुनामा उज्यालोको दियो बाल्न आउँछन्। जसरी छिनोको चोट सहेर मात्र एउटा निस्पट्ट ढुङ्गा देउता बन्छ ठीक त्यसरी नै ती नपुरिने खतहरूले मान्छे बनाइरहेछन्। बगिरहन्छ समयको नदी निरन्तर तर किनारका चट्टानझैँ अटल छन् यी घाउहरू जो पीडा कम र बाँच्ने कलाको अनमोल दस्तावेज ज्यादा हुन्✍️
3
17
45
2,609
(⭐DEV SINGH⭐) retweeted
World diabetes day Behind every diabetes diagnosis is more than one person affected. It’s the family worrying over every reading and silently fearing what tomorrow might bring. To those supporting a loved one with diabetes, your patience, sacrifices, and care matter more than words can say. This World Diabetes Day, let’s replace judgment with understanding and love. WorldDiabetesDay
1
11
27
688
(⭐DEV SINGH⭐) retweeted
चिनी र नुन मात्र होइन, 'इमल्सीफायर' (Emulsifiers) बाट पनि सावधान रहनुहोस्! 🚨🍞🍦 के तपाईं प्याकेटका खानेकुरा किन्दा लेबल पढ्नुहुन्छ? हामी प्रायः तयारी (Ultra-processed) खानेकुरामा चिनी, नुन र चिल्लो बढी हुन्छ भनेर मात्र चिन्ता गर्छौं। तर हालै Cancer Causes & Control जर्नल (मे २०२६) मा प्रकाशित अध्ययन ("Diet, ultra-processed foods, and gut dysbiosis: linking emulsifiers to colorectal cancer risk" ले यस्ता खानेकुरामा प्रयोग हुने 'इमल्सीफायर' (Emulsifiers) ले हाम्रो आन्द्राको स्वास्थ्य र ठूलो आन्द्राको क्यान्सर (Colorectal Cancer) को जोखिम बढाउन सक्ने गम्भीर तथ्य बाहिर ल्याएको छ। आइसक्रिमलाई क्रिमी बनाउन, सस वा ड्रेसिङलाई नफाट्ने बनाउन र पाउरोटी (Bread) लाई लामो समयसम्म नरम राख्न प्रयोग गरिने साबुन वा डिटर्जेन्ट जस्तै गुण भएका रसायनहरू (जस्तै: Carboxymethylcellulose र Polysorbate 80) इमल्सीफायर हो।✍️
4
18
2
53
2,339
(⭐DEV SINGH⭐) retweeted
आजकल प्रेमभन्दा विकल्प धेरै छन्, त्यसैले सम्बन्धभन्दा स्वार्थ बलियो हुँदै गएको छ।
2
1
1
16
780
(⭐DEV SINGH⭐) retweeted
समुन्द्रमा ढुङ्गा हान्दा लहर त सबैतिर फैलिन्छ, तर ढुङ्गा चाहिँ समुन्द्र भित्रै डुब्छ। ठ्याक्कै त्यस्तै— तिमीले सबैलाई खुसी बनाउन दिएको माया, सबैतिर फैलियो। तर, तिम्रो आफ्नै दुःख चाहिँ तिमी भित्रै डुब्यो। कहिलेकाहीँ 'अरूलाई नबुझ्ने' मान्छे बन्नु पनि आफूलाई बचाउनु हो। निःशब्द सत्य✍️
4
18
43
1,137
(⭐DEV SINGH⭐) retweeted
आजका अभिभावक गर्व गर्छन् मेरो छोरा/छोरीले अंग्रेजीमा फरर्र बोल्छ तर कसैले सोध्दैनन्"उसले आफ्नी हजुरआमालाई नेपालीमा आफ्नो मनको कुरा भन्न सक्छ?" हामी यस्तो दौडमा छौं, जहाँ अंग्रेजी बोल्नु भनेको 'शिक्षित' हुनु हो, र नेपाली बोल्नु भनेको 'गाउँले' वा 'पछि परेको' हुनु हो। स्कुलमा नेपाली बोल्दा जरिवाना तिर्ने बालबालिका हुर्काइरहेका छौं। तर, के हामीले कहिल्यै सोच्यौं— जब भाषा मर्छ, त्यससँगै त्यसको संस्कृति, इतिहास र पुर्खाका अनुभवहरू पनि मर्छन्?✍️
8
11
48
1,755
(⭐DEV SINGH⭐) retweeted
यो भाइटीकामा उनको निधारमा सप्तरंगी टीका अझ झलमल चम्किरहोस्। वर्षौँदेखि दिदीबैनीले माया र आशीर्वादसहित लगाइदिँदै आएको मखमली मालाजस्तै, उनको जीवन सधैं फक्रिरहोस्। तेलको घेराजस्तै सुरक्षाको र प्रेमको अटुट बन्धनले उनी सधैं सुरक्षित र आशीर्वादमा रहून्……….. यही हार्दिक कामना✍️
10
16
60
2,019
(⭐DEV SINGH⭐) retweeted
चाडपर्व त सानै छँदा रमाईलो, अहिले त रमाईलै लाग्दैन अचेल हामीमध्ये धेरैले यही भन्छौँ यही सुन्छौँ सानोमा अभावबिच पनि रमाईलो लागेको चाडपर्व अचेल किन फिक्का लाग्छन्, थाहा छ ? किनकी हामीभित्रको त्यो बालापन अहिले प्रोफेसनल भएको छ, अहङ्कारी भएको छ हामीबिच को ठूलो, को सानो, कसले कति कमाउँछ, कसको घर ठूलोजस्ता अस्वस्थ प्रतिस्पर्धा छन् हामी गाउँघरमा पनि आफ्नो पेसा व्यवसायको पगरी भिर्छौँ आफू परिपक्व भएको अभिनय गर्छौँ एक पटक आफूलाई त्यही सानो उमेरमा फर्किने मौका दिनुस् गाउँघरका हजुरबा-हजुरआमा, साथीसङ्गी, बालबच्चासँग कुरा गर्नुस् । उनीहरूको सुन्दर हृदय छाम्नुस् एकछिन मोबाईललाई टाढा राख्नुस् ईन्टरनेट बाहिरको दुनियाँमा निस्किनुस्, टोल छिमेकका गल्लि चाहर्नुस र त्यो माहोललाई महसुस गर्नुस् जो जति हुनुहुन्छ, देउसी भैलो भट्याउनुस् आए पनि नआए पनि नाच्नुस, गाउनुस् चाडवर्व आफैँ रौनक बोकेर आउँदैनन्, त्यो रौनकता हामी भित्र हुन्छ एक पटक आफ्नै बालापन बाँच्नुस् र भन्नुस् चाडपर्व त यसपाली रमाईलो अर्को साल झन रमाईलो गर्नुपर्छ ✍️
2
24
76
2,105